नेपाल राष्ट्र बैंकले यसै साता चालू आर्थिक वर्षको पाँच महिनाको देशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवदेन सार्वजनिक ग-यो । उक्त प्रतिवेदनअनुसार मुुलुकको निर्यातमा केही सुधार देखिएका कारण व्यापारघाटामा समेत विगतको तुुलनामा केही कमी आएको देखियो ।
राष्ट्र बैंकको उक्त प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पाँच महिनामा नेपालले वैदेशिक व्यापारमार्फत पाँच खर्ब ३३ अर्ब ६४ करोड रुपैयाँको घाटा व्यहोरेको देखियो । यस अवधिमा कुुल वस्तुु व्यापारघाटा विगतका वर्षहरुको तुलनामा छ दशमलव तीन प्रतिशतले घटेर उक्त परिमाणमा कायम थियो ।
प्रतिवेदनअनुसार चालू आवको पाँच महिनामा कुल वस्तुु निर्यात बढेर ४७ अर्ब ६२ करोड रुपैयाँ पुुगेको देखियो । यो निर्यात गत आवको सोही अवधिको तुुलनामा २७ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७६/०७७ को पाँच महिनामा कुल वस्तु आयात चार दशमलव दुुई प्रतिशतले घटेर पाँच खर्ब ८१ अर्ब २६ करोड कायम भएको देखिएको छ भने विप्रेषण आप्रवाह (रेमिट्यान्स) शून्य दशमलव एक प्रतिशतले बढेर तीन खर्ब ७६ अर्ब ९९ करोड कायम रहेको देखिएको छ ।
राष्ट्र बैंकको सोही प्रतिवेदनअनुसार वित्तीय प्रणालीमा झण्डै आठ खर्ब रुपैयाँबराबरको अन्तरबैंक कारोबार भएको देखिएको छ । अन्तरबैंक कारोबार भनेको बैंक तथा फाइनान्स कम्पनीहरुले आफ्नो संस्थामा रकम अभाव हुुँदा न्यूनतम ब्याजमा अल्पकालीन अवधिको लागि अर्को कुुनै बैंक तथा फाइनान्स कम्पनीहरुसँग रकम सापटी लिनुु हो । यस अर्थमा वित्तीय प्रणालीमा अन्तरबैंक कारोेबार बढ्नु भनेको बैंक तथा फाइनान्स कम्पनीहरुमा रकम अभाव देखिनुु पनि हो । यही कारण पनि वित्तीय क्षेत्रमा अहिले अन्तरबैंक कारोबारको ब्याजदर समेत बढेको छ ।
चालू आवको पछिल्लो पाँच महिनामा वाणिज्य बैंकहरुले सात खर्ब ९७ अर्ब ८९ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् भने विकास बैंक र फाइनान्स कम्पनीहरुले ७४ अर्ब १६ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंक र अन्य वित्तीय संस्थाहरुले क्रमशः पाँच खर्ब ४० अर्ब ७७ करोड र ६७ अर्ब ७० करोडको यस्तो कारोबार गरेका थिए । अन्तरबैंक कारोबार बढेकै आधारमा पनि बैंकिङ प्रणालीमा पछिल्लो समय रकम अभावको समस्या देखिनसक्ने सम्भावना बढेर गएको छ ।
यदि यस्तो हो भने राष्ट्र बैंकले बेलैमा उचित कदम चाल्नुुपर्छ । विभिन्न किसिमका अल्पकालीन तथा दीर्घकालीन प्रकृतिका मौद्रिक उपकरण जारी गरेर वित्तीय प्रणालीमा लगानीयोग्य रकम पठाउनुुपर्छ । नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले बेलैमा यस्तो कदम नचाल्ने हो भने वित्तीय प्रणालीमा फेरि पनि समस्या नकारात्मक समस्या देखिनेछ । यसको नकारात्मक असर मुुलुुकको सिंगो वित्तीय प्रणाली अथवा भनौँ देखिनसक्छ । यो अवस्था आउन नदिन राष्ट्र बैंकले बेलैमा ठोस कदम चालोस् !
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया