काठमाडौं । देशको सुदूरपश्चिमको भागबाट न्यायको माग गर्दै संघीय राजधानीका लागि पैदलमार्चमा लागेको एउटा टोली लुम्बिनी प्रदेश पार गरेर संघीय राजधानीका लागि प्रस्थान गरेको पनि निकै दिन भयो । यो टोलीले नेपालगञ्जदेखि बुटवलसम्म करिब दुई सय ४० किलोमिटर पैदलयात्रा हिँडेर बुटवलमा अर्थात् लुम्बिनी प्रदेशमा दुई दिन धर्ना बस्यो न्यायका लागि । कर्णाली प्रदेशको छेउ हुँदै लुम्बिनीसम्म आउन मात्रै उनीहरूले १० दिन पैदल हिँडेका थिए । यात्राको क्रम सरदरमा दिनको करिब २५ किलोमिटर रहेको भनाइ छ उनका । यो बेलासम्म उनका खुट्टा रक्ताम्मे भइसकेका थिए । तर पनि उनले यात्रा रोकेनन् । तर यति हुँदा पनि राज्यले भने थाहा पाएजस्तो समेत देखिएन । पुरुष र महिला गरी यो टोलीमा १४ जनाको सहभागिता छ । उनको यो यात्रा तीनवटा प्रदेशको सेरोफेरोमा पर्छ । दुईवटा प्रदेश पार गर्दा पनि राज्यले सामान्य खोजीनीति गरेको देखिएन ।
यो पैदलयात्रा उनका व्यक्तिगत मागका लागि होइन । मानिसको ज्यान गएको घटनामा राज्यले छानबिन गरेन भन्ने उनका अनुभूति हो जो राज्यले आफैँ गर्ने काम हो । यो पनि कुनै एउटा दुईवटा होइन एक दर्जनजति मुद्दा छन् र त्यो पनि कुनै एउटा समयका होइन बेलाबेलाका । यसको अर्थ हो उनले खोजेका न्याय दिन राज्य कतै न कतै । त्यो पनि कस्तो छ भने मृतकको पोष्टमार्टम नगरिएको, घटनाले हत्या भएको देखाइरहेको अवस्थामा प्रशासनले आत्महत्या बनाई दबाइदिएको जस्तो घटना यो मार्चमा उल्लेख छ ।
यो भनेको राज्यले निष्पक्षरुपमा अनुसन्धान नगरेको भन्ने नागरिकको गुनासो हो । यी पूरा हुन नसक्ने माग होइनन् । उनका यात्राबारे विभाजन भइरहेको छ । जस्तो सोमबार लमही, मंगलबार लुम्बिनी प्रदेशको अस्थायी राजधानी भालुवाङ, बुधबार कपिलवस्तुको इमिलिया, बिहीबार जितपुर त्यहाँबाट शुक्रबार शनिबार हिँडेपछि बुटवल आदि । सरकारले यो पैदलयात्राको प्रारम्भ हुँदा नै रोक्न पथ्र्याे । अन्यायको चरम अवस्था आएपछि उनीहरु घरबाट निस्किएका हुन् भन्ने प्रष्ट नै थियो । माथि नै भनियो यो व्यक्तिगत मागको कुरा होइन ।
जहाँ पनि उनीहरुको एउटै आवाज आउने गरेको छ– आफ्नो घरवरिपरि दिनहुँजसो महिलामाथि हत्या र हिंसाका घटना बढी रहेका छन् । उनका भनाइमा ती घटनाको अनुसन्धानमा प्रहरी प्रशासनले चरम बेवास्ता गर्ने गरेको देखिएपछि त्यो सहन नसकेर सबैलाई सुनाउन हारगुहार माग्न यो मार्चमा लागेका हुन् । उनीहरुले त्यसका केही उदाहरण दिने गरेका छन् । जस्तो बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत भेटिएकी घटना । उनी वर्षौाँदेखि घरेलु हिंसा खेप्दै आएकी महिला थिइन् । प्रहरीले यो घटनालाई थप बुझ्दै नबुझी आत्महत्या करार गरिदियो । बाँकेकै अर्की महिला परस्पर गाउँकी निर्मला कुर्मी हराइन् ।
एकल महिला कुर्मीको खोजी गर्न उनका आफन्त र महिला अधिकारकर्मीले प्रहरीमा किटानी जाहेरी दिए । प्रहरीले उनको खोजी र अनुसन्धानलाई अगाडि बढाएन । बरु बेपत्ता भएको भनिएकी कुर्मीको मृत्यु भइसकेको ठहर सुनाइदियो लास नदेखाईकन नै । यस्ता दर्जनौँ घटनाका पोका छन् उनीहरुसँग । तिनका आफन्त र महिला अधिकारकर्र्मीलाई यिनै घटनाले सडकमा उतारेको हो । यस्ता कुनै पनि घटनामा पीडितहरुको चित्त बुझाउने गरी अनुसन्धान गर्नु राज्यको कर्तव्य हो । यी ठाउँमा त्यसको पालना भएको देखिएन । यसका लागि ती नागरिकसँग राज्यले माफी माग्नुपर्छ र अनुसन्धान चित्त बुझ्दो हुनुपर्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया