इच्छाराजको कर्तुत र कडा दण्डको अपेक्षा
काठमाडौं । अत्यन्तै दारुण खालका विवरणहरू सार्वजनिक भइरहेका छन्, सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ घोटाला प्रकरण र त्यसका सञ्चालकहरूका कर्तुतहरूका बारेमा । यसका सञ्चालक इच्छाराजहरू यतिबेला जेलमा छन् र अनुसनधान चलिरहेको छ । इच्छाराजहरू पक्राउ परेको महिना दिनकै हाराहारीमा उजुरीहरूको संख्या हजार नाघेको छ र घोटाला भएको रकम पाँच अर्ब पुग्न लागेको छ । यो भनेको रकमभन्दा पनि सपना थियो हरेक मानिसको, जो यो संस्थामा रकम राखेर आफ्नो भविष्य सुरक्षित बनाउन खोजेका थिए । भैपरी आउँदा त्यो रकम झिकेर गर्जाे टार्ने सपना देखेका ग्राहकहरूको बरु प्राण गयो तर उनीहरूले आफ्नो पैसा पाएनन् ।
रिपोर्टमा आएअनुसार १०/१२ जनाको त रकम अभावमा उपचार नपाएर ज्यान नै गइसकेको छ । त्यसकारण यो बैंक घोटाला काण्ड माात्र होइन ज्यानमुद्दासँग पनि जोडिन जान सक्छ । जसले जुनबेला पैसा निकाल्न खोजे र पाएनन् यता त्यसको केही समयमा तिनको ज्यान गएको रहेछ भने सामान्य घटना होइन छानबिनबाट यो कुरा प्रस्ट हुन सक्छ ।
यो घटनामा अर्को पनि संवेदनशीलता जोडिएको छ, यो अपराधकर्ममा पूर्वसांसद एवं पूर्वशिक्षक जोडिएका र उनीहरूको नेतृत्वमा सांगठित रूपमा सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा घोटाला हुनगएको । खोजीको विषय हो, उनलाई सांसद बनाउने दल कुन थियो ?
पछिल्लो समय आएको जानकारीअनुसार यतिबेला यो गिरोहलाई छुटाउन राजनीतिक दलका सांसद नै लागिपरेका छन् । यो ठाउँका ध्यान दिनुपर्छ यदि त्यस्तो दबाबबाट यिनले उन्मुक्ति पाए भने देशमा अपराधकर्मको राज्य चलेको मान्नुपर्छ । माथि पनि भनियो यो प्रकरणमा हालसम्म एक हजार एक सय ६७ वटा उजुरी परेको छ । यो विवरण केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारीले दिएका हुन् ।
उनका अनुसार कुल दाबी रकम हालसम्म चार अर्ब ६६ करोड १५ लाख ८२ हजार दुई सय रुपैयाँ पुगिसकेको छ । यो भनेको यो संख्याका नागरिकले जम्मा गरेका रकमको हो । त्यसै पनि सहकारीमा बढी संख्या नजिकका नातेदार हुन्छन् । तिनले उजुरी नदिन पनि सक्तछन् । केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारीका अनुसार यो एउटा फाइनान्समा मात्रै घोटाला गरेको अंक १० अर्ब नाघ्न सक्छ ।
यो सिभिल सेभिङ एण्ड क्रेडिटमा बचतकर्ताहरूको निक्षेप रकम घोटाला गरेको प्रकरणमा असोज १८ मा सीआईबीको टोलीले इच्छाराज तामाङसहित अन्य १२ जनालाई पक्राउ गरेको थियो । महिना दिन पनि नपुग्दै करिब १२ सय निक्षेपकर्ताहरूले उजुरी हालिसकेका छन् । प्रवक्ताका अनुसार पक्राउलगत्तै सीआईबीले अन्य निक्षेपकर्ता तथा सर्वसाधारणहरूलाई उक्त को–अपरेटिभबाट निक्षेप तथा ब्याज रकम नपाएको भए कानुनबमोजिम आवश्यक थप कारबाहीको लागि समेत सीआईबीमा सम्पर्क गर्न आग्रह गरेपछि अहिलेसम्म उजुरी परेको संख्या हो यो ।
पक्राउ परेका तामाङसहित १२ जनामाथि मुुलुकी अपराध संहिता २०७४ र सांगठित अपराध निवारण ऐन २०७० अनुसार अनुसन्धान भइरहेको बताइएको छ । भर्खरै पनि १८ दिनको म्याद थप भएको छ । यसको अर्थ हो, उजुरी पर्ने समय बाँकी नै छ । यो ठाउँमा अनुसन्धानकर्तासमक्ष भन्नै पर्छ यो घटनामा यस्तो दण्ड होस् कि फेरि केही इच्छाराज बन्ने आँटै नगरून् ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
- इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया