काठमाडौं । संसद्को सार्वजनिक सुनुवाइ समितिका सदस्य सांसदहरू अनुपस्थित हुँदा पछिल्लो सरकारले नियुक्त गरेका विभिन्न देशका राजदूतहरूको संसदीय सुनुवाइ हुन सकेन । दिन जुन होस् त्यस्तो सुनुवाइका लागि यो मिति त्यही समितिले तोकेको हो । ती देशमा रहेका पुराना राजदूतलाई फिर्ता बोलाइएको र उनीहरू आइसकेका अवस्थामा यस्तो प्रक्रिया जति छिटो सकेर तिनीहरूलाई सम्बन्धित देशमा पठाउन सकियो त्यति नै त्यो देशमा राष्ट्रको उपस्थिति कायम हुन्छ । सांसदहरूको यो अनुपस्थितिले त्यो उपस्थितिमा ढिलाइ हुनेभयो । सार्वजनिक सुनुवाइजस्तो महत्वपूर्ण काममा नै उनीहरू अनुपस्थित हुन्छन् र राष्ट्रले गर्नै पर्ने निर्णयहरू हुन पाउँदैन भने त्यस्ता पदाधिकारीलाई जिम्मेवारी किन दिने भन्ने प्रश्न खडा हुन्छ नै । याद रहोस् यो समितिले सुनुवाइ नगरी नियुक्तिको यो प्रक्रिया नै अघि बढ्दैन ।
सरकारले अघिल्लो महिना छिमेकी देश भारत, अमेरिका र बेलायतका लागि राजदूत नियुक्त गरेको थियो । तिनका लागि मंसिर ५ मा संसद्को सुनुवाइ समितिले सुनुवाइका लागि मिति तोकेको थियो गएको कात्तिकमा नै । तोकिएको त्यस दिन समितिका अधिकांश सदस्य अनुपस्थित रहे । अनुपस्थित रहनेमा सत्तापक्षकै सांसदको संख्या ठूलो थियो । तर विपक्षको मात्र उपस्थितिले कोरम पुगेन । त्यसले भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुन सकेन । यी तीन राजदूतको नियुक्ति पाँचदलीय गठबन्धन सरकारको यो क्षेत्रको पहिलो काम थियो ।
यो सरकारले अघिल्लो सरकारले पठाएका राजदूत फिर्ता बोलाइसकेको अवस्थामा ती देशमा नेपालको उपस्थिति शून्य थियो । यता सरकारले राजदूत बोलाएर खाली रहेका देशमा नियुक्ति गर्न नसकेको भन्ने आरोप लागिरहेको थियो । यी नयाँ नियुक्तिलाई प्रक्रिया पु-याउन सकिएको भए सरकारलाई नै त्यस्तो आरोपबाट केही हदसम्म मुक्ति दिलाउने काम हुनेथियो होला । उनीहरूका अनुमोदनका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सांसदको अनुपस्थितिका कारण ती सबै केही हुन पाएनन् । सत्तापक्षसँग समितिको बैठकका लागि गणपूरक संख्या दुई तिहाइको हाराहारीमा थियो । तर भयो के भने विपक्षी उपस्थित भयो तर सत्तापक्षका भने अनुपस्थित रहे । जसले कोराम नपुगेपछि बैठक स्थगित गरायो । अब अर्को बैठक १७ मंसिरमा हुनेछ । यो अनुपस्थितिले राज्यले सम्पन्न गर्नुपर्ने निर्धारित काम १३ दिन पर स-यो ।
सार्वजनिक पदधारकलाई जुन काम तोकिएको हो उसबाट त्यो काम हुँदैन र राज्यलाई नोक्सान पुग्छ भने त्यो कति दण्डनीय हो भन्ने अनुमान गर्न सकिन्छ । यो ठाउँमा भयो त्यही नै । संवैधानिक व्यवस्थाअनुसार यस्तो सुनुवाइ हुने काम यो समितिबाहेक अरु कसैले गरेर हुँदैन । अर्को, सुनुवाइ भएर उसले अनुमोदन नगरेसम्म यस्ता नियुक्तिले औपचारिकता पनि पाउँदैनन् । १२ जना सदस्य रहेको समितिमा त्यस दिन सभापति पाँच जना मात्र उपस्थित थिए । अनुपस्थित हुनेमा प्रधानमन्त्रीको दलका सचेतक समेत रहेको देखियो । सचेतक भनेको कुनै पनि दलका सांसदहरूलाई आफ्नो जिम्मेवारीप्रति सजग गराउने पद हो । त्यो नै यो रूपको गैरजिम्मेवार भएपछि बाँकी के रहला ? संसद्मा कुनै पनि सांसदको अनुपस्थितिको कल्पना पनि गरिँदैन । यो ठाउँमा त्यही कल्पना नगरिएको कुरा भयो ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
- मानव तस्करीमा मुछिएका ११ जना विरुद्ध मुद्दा पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति !
- राहदानी प्रणालीमा ‘र्यान्समवेअर’ आक्रमण भएको कसरी थाहा भयो, कहिलेदेखि सबैतिर सेवा सुरु हुन्छ?
- श्रीलंकाको विद्युत् पूर्वाधारका लागि एडीबीले २० करोड डलर ऋण दिने
- युक्रेनद्वारा रूसी तेल तथा ऊर्जा केन्द्रमा प्रहार
- बदलिँदै दुर्गमको परिचय
- चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया