Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयके मुलुकको अर्थतन्त्र साँच्चै कमजोर भएको हो ?

के मुलुकको अर्थतन्त्र साँच्चै कमजोर भएको हो ?


काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत सात मात्र चालू आर्थिक वर्षको चार महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन सार्वजनिक ग¥यो । त्यो प्रतिवेदनमा अर्थतन्त्रमा धेरै आयाम र अवस्थाहरूको बारेमा उल्लेख गरिएको छ । त्यो तथ्यांकमा केही बुँदाहरू छन्, जसले हाम्रो अर्थतन्त्र कतातिर गइरहेको छ र अर्थतन्त्रको वास्तविक अवस्था कस्तो छ भन्ने उजागर गरेको छ ।

यदि राष्ट्र बैंकको उक्त तथ्यांक वास्तवमा नै सही छ भने अर्थतन्त्रको अहिलेको अवस्थालाई सही मान्न नसकिने हुनसक्छ । राष्ट्र बैंकले उक्त तथ्यांकमा भनेको छ, चालू आर्थिक वर्षको चार महिनामा कुल व स्तु निर्यात एक सय चार दशमलव तीन प्रतिशतले बढेर ८२ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १० दशमलव आठ प्रतिशतले वृद्धि भएको थियो ।

निर्यात बढ्नु अर्थतन्त्रको लागि राम्रो हो । यसलाई राम्रै मान्नै पर्छ । यहीबीचमा राष्ट्र बैंकले भनेको छ, चालू आवको चार महिनामा कुल वस्तु आयात ६१ दशमलव छ प्रतिशतले बढेर छ खर्ब ५० अर्ब २९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १० दशमलव छ प्रतिशतले घटेको थियो । तथ्यांकअनुसार पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, चाँदीलगायतका वस्तुको आयात बढेको देखिए सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, धान तथा चामललगायतका वस्तुको आयात घटेको देखिएको छ ।

राष्ट्र बंैकको उक्त तथ्यांकअनुसार चालू आवको चार महिनामा कुल वस्तु व्यापारघाटा ५६ दशमलव आठ प्रतिशतले बढेर पाँच खर्ब ६८ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२ दसमलव पाँच प्रतिशतले घटेको थियो । यसैगरी चालू आवको पछिल्लो अवधिमा खुद सेवा आय ३१ अर्ब २० करोडले घाटामा देखिएको छ भने विप्रेषण आप्रवाह सात दशमलव पाँच प्रतिशतले घटेर तीन १२ अर्ब ४२ करोड कायम भएको छ । यस अवधिमा चालू खाता पनि दुई खर्ब २३ अर्ब १९ करोडले घाटामा रहेको छ भने विदेशी मुद्राको सञ्चिति ११ प्रतिशतले घटेर ४४ अर्ब ८५ करोड कायम भएको छ ।

वास्तवतमा राष्ट्र बैंकको यी तथ्यांकहरू भनेको मुुलुकको सही वास्तविकता झल्काउने तथ्यांक हुन् । यदि यी तथ्यांकहरू शतप्रतिशत नै सत्य छन् भने अर्थतन्त्र सही छ भन्न सकिँदैन । तर यहीबीचमा अर्थमन्त्री जनार्धन शर्माले अर्थतन्त्र सही भएको भनेर वकालत गरिरहेका छन् । सरकारकै एउटा महत्वपूर्ण अंगले अर्थतन्त्रको वास्तविक अवस्था सार्वजनिक गरिरहँदा अर्थमन्त्रीले यसको अपव्याख्या गर्दै अर्थतन्त्र सही भएको जिकिर गरिहेका छन् । यो के हो, किन यस्तो भएको हो वा भनिएको हो, सत्यतथ्य बाहिर आउनुपर्छ । जनताले देशको अर्थतन्त्रको अवस्था बुझ्न पाउनुपर्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x