Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयपुँजीबजारको नियमनकारी निकायमा नेतृत्व कहिले ?

पुँजीबजारको नियमनकारी निकायमा नेतृत्व कहिले ?


काठमाडौँ । नेपालको पुँजीबजारको नियमनकारी निकाय अहिले नेतृत्वविहीनको अवस्थामा छ । नेपाल धितोपत्र बोर्ड अहिले अध्यक्षविहीन भएको छ भने नेपाल स्टक एक्सचेन्ज लिमिटेड प्रमुख कार्यकारी अधिकृतविहीन भएको छ ।

पुँजीबजारको विकास, विस्तार र नियमन गर्नको लागि गठन भएका यी दुवै निकायहरू लामो समयसम्म नेतृत्वविहीन अवस्थामा चल्नुु पुँजीबजारको विकासको लागि कुुनै पनि हालतमा न्यायोचित छैन र हुँदैन पनि । सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद विवादमा मुुछिए ।

यी दुवै निकायका प्रमुखहरूले आर्थिक प्रलोभनमा परेर नै हुुन सक्छ, नियमभन्दा बाहिर गएर आफू र आफ्नो परिवारका सदस्यहरूको नाउँमा ठूलो परिमाणमा सर्वोत्तम सिमेन्टको सेयर खरिद ग-यो । यसको जानकारी अर्थ मन्त्रालयले पाएसँगै दुवै व्यक्तिहरूलाई सरकारले स्पष्टीकरण सोध्यो । जवाफ चित्तबुझ्दो नआएपछि नेप्सेबाट प्रमुख कार्यकारी अधिकृत साउद र धितोपत्र बोर्डबाट अध्यक्ष ढुंगानाले राजीनामा दिए ।

त्यसदेखि यता अर्थात् विगत केही महिनादेखि नियमनकारी निकाय धितोपत्र बोर्ड र नेप्से दुवै नै नेतृत्वविहीन भएका छन् । यसबीचमा अर्थ मन्त्रालयले यी दुई निकायमा रिक्त रहेको प्रमुख कार्यकारीहरूको व्यवस्थापनको लागि खुला प्रतिस्पर्धाको आह्वान ग-यो । अर्थ मन्त्रालयले गरेको उक्त आह्वानअनुसार नेप्सेको प्रमुख कार्यकारी र बोर्डको अध्यक्ष पदको लागि धेरैले आवेदन दिएका छन् । तर अहिलेसम्म पनि सरकारले यी दुुई निकायहरूमा नेतृत्वहरू चुनेर जिम्मेवारी हस्तान्तरण गर्न सकेको छैन ।

उल्टै खुला प्रतिस्पर्धाको लागि सार्वजनिक रूपमा सूचना जारी गर्दा त्यही केही प्राविधिक त्रुटि देखिएको भन्दै यसअघि जारी गरेको खुला प्रतिस्पर्धाको आह्वानलाई रद्द गरेर पुुनः प्रतिस्पर्धाको आह्वान गर्ने तयारी गरेको छ । एउटै निकायको प्रमुख कार्यकारी नियुक्त गर्नको लागि अर्थ मन्त्रालयले पुनः अर्को सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको छ ।

यो तयारी कहिलेसम्म पूरा हुन्छ, थाहा छैन । तर अहिले विगत लामो समयदेखि ओरालो लाग्दै आएको नेपालको पुँजी बजारको केही सुधार देखिएको छ । निरन्तर ओरालो लागेर रातो भएको परिसूचक बढेर हरियो देखिन थालेका छन् । यो अवस्थामा पनि पुँजी बजारको नियमनकारी निकाय नेतृत्वविहीन अवस्थामा हुुनु हुँदैन ।

यसलाई तुुरुन्तै निकास दिनुुपर्छ । पुँजी बजारको विकास र विस्तारको लागि संलग्न यी दुवै निकायहरूमा यथासक्य छिटो नेतृत्व चयन गर्नै पर्छ । अनि मात्र नेपालमा पुँजी बजारले गति लिन सक्नेछ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x