Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयखै त ओम्नी काण्डको छानबिन ?

खै त ओम्नी काण्डको छानबिन ?


काठमाडौँ । पूर्ववर्ती नेकपाको सरकारले राज्यको संयन्त्रलाई दुरुपयोग गरेर व्यापक भ्रष्टाचार गरेको आरोप त्यही पार्टीका नेता तथा कार्यकर्ता तहबाट लागेको थियो ।

त्यस्ता अनेकौँ घटनामध्येको एक थियो, ओम्नी काण्ड । सन् २०१९ मा कोभिड १९ सुरु भएपछि त्यसको रोकथामको लागि विभिन्न मुलुकहरूबाट स्वास्थ्य सामग्री खरिद गर्न सरकारले ‘ओम्नी’ नामको एउटा कम्पनीलाई उपयोग गरेको थियो र बिल बढाएर त्यस्ता सामग्री ल्याएर सरकारले भ्रष्टाचार गरेको भन्ने आरोप तत्कालीन सत्तारुढ दलका नेताहरूबाटै लागेको थियो ।

समयक्रम बित्दै जाँदा सत्तारुढ दलभित्रको विवाद बढ्दै गयो र उक्त दल विभाजन पनि भयो । करिब दुई तिहाइको नेकपाको सरकार पनि ढल्यो । नेकपा विभाजन भएर अहिले तीन दल बनेका छन् । तीमध्येका दुई दल अहिलेको गठबन्धन सरकारमा छन् । सरकारमा सहभागी हुनुअघि ओम्नीले गरेको भ्रष्टाचार छानबिन गर्नुपर्ने कुरा चर्कोरूपमा उठाउनेमध्येका एक नेता विरोध खतिवडा अहिले ओम्नी काण्डसँग जोडिएको स्वास्थ्य मन्त्रालयका मन्त्री भएका छन् ।

स्वास्थ्यमन्त्री हुनुुअघि भ्रष्टाचारको छानबिन गरेर भ्रष्टाचारीलाई सडकमा ल्याउने चर्को नारा दिएर नथाक्ने खतिवडा मन्त्री भएपछि चुपचाप छन् । मन्त्री खतिवडाको यस्तो क्रियाकलापलाई जनताले नजिकबाट नियालिरहेका छन् र भन्न थालेका छन्, ‘जुन जोगी आए पनि कानै चिरेको ।’

जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको र त्यसमा भएको भ्रष्टाचारको घटनालाई पनि अहिले मौन बसेर ढाकछोप गर्ने र तिनै भ्रष्टाचारीसँग भित्रीरूपमा मिलेमतो गरेर बस्दा राजनीतिक साख गिरेर कहाँ पुग्ला भन्ने कुराको पनि ख्याल गर्दा राम्रो हुनेछ । अन्यथा भुइँमा पछारिएपछि मात्र होस खुल्ने अवस्था नआउला भन्न सकिँदैन । सम्बन्धित निकायको चेत बेलैमा खुलोस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x