Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसत्तामा वर्ग उही, प्रवृत्ति उही

सत्तामा वर्ग उही, प्रवृत्ति उही


काठमाडौँ । जनताले जति पटक जस्तोसुकै संर्घष गरेर राजनीतिक परिर्वतन गरे पनि सत्तामा चाहिँ उही वर्ग र उही प्रवृत्ति दोहोरिएको छ । २००७ सालको राजनीतिक परिवर्तनदेखि अहिलेसम्म थुप्रै पटक राजनीतिक परिवर्तन भएका छन् ।

कहिले राजाको बलमा त कहिले जनताको आन्दोलनको बलमा । तर ती कुनै पनि परिवर्तनले सत्तामा रहने वर्गको र त्यसले गर्ने कामको प्रवृत्तिको परिवर्तन गर्न सकेको छैन । २०१७ सालमा राजाले प्रजातन्त्र फापेन भनेर मुुलुकको हावापानी सुहाउँदो भनेर निर्दलीय व्यवस्था ल्याए, प्रजातन्त्रको हत्या गरेर । त्यसले विकासको मूल फुटाउने नारा त दिइयो तर विकासको मूल फुटाउन सकेन ।

दिन बित्दै त्यहीभित्र विवाद बढ्दै गयो । जनता सडकमा उत्रिएपछि राजाले २०३६ सालमा जनमत संग्रह गराउने घोषणा गरे । र जनमत संग्रहपछि सुधारिएको पञ्चायत सुरु भयो । तर त्यसमा पनि पुरानै घरानीयाको निरन्तरता भयो । त्यसलाई देखेर जनस्तरमा झन् बढ्दै र त्यसको विस्फोट २०४६ सालको जनआन्दोलनको रूपमा भयो ।

पञ्चायतकालमा हालीमुहाली गरेको उही वर्ग कोही कांग्रेसतिर, कोही कम्युनिस्टतिर लागे । कोही आफूहरू नै संगठित बने । प्रजातन्त्रको पुनस्र्थापाना भएपछि पनि उही वर्ग सत्ताको वरिपरि रहिरह्यो । त्यसलाई मन पराउने जमात लिएर फेरि विद्रोह भयो । र २०६३ सालमा फेरि राजनीतिक परिवर्तन भयो । तर त्यसले पनि खास परिवर्तन गर्न सकेन । यस मानेमा कि अर्को वर्ग सत्तामा पुुग्न सकेन । भला त्यसले राजतन्त्रको अन्त्य गरेको छ ।

अहिलेसम्म आइपुुग्दा सत्तामा उही वर्गको एकछत्र राज रहँदै आएको छ र सत्तामा व्यक्ति परिवर्तन भए पनि प्रवृत्ति फेरिएको छैन । २००७ सालमा जस्तो थियो अहिले पनि त्यस्तै रहेको छ । उतिबेला हुनेखाने शासकले ‘तँ’ जनता भनेर सम्बोधन गर्थे, अहिले ‘आदरणीय जनसमुदाय’ भन्छन् । योबाहेक फरक केही भएको छैन ।

आफ्ना सन्तान महँगा स्कुुल र विदेशी कलेजमा पढाउँछन् तर जनताका छोराछोरीलाई सरकारी स्कुुलमा पढाउनुपर्ने प्रस्ताव गर्छन् । स्कुुल र अस्पताल जति आफ्ना आसेपासेहरूलाई चलाउन लागाउँछन् र समाजवाद उन्मुख अर्थतन्त्रको व्याख्या गरेर जनतालाई खिसिट्यिुरी गर्छन् । अहिलेसम्म राजनीतिमा पात्र मात्र फेरिएका छन्, प्रवृत्ति फेरिएको छैन र शासन गर्ने वर्ग पनि फेरिएको छैन ।

त्यो वर्ग नफेरिँदासम्म यहाँ प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्र जे–जे भने पनि जनताले उही व्यथा भोगिरहनुुपर्नेछ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x