काठमाडौँ । नेपालमा अहिले सबै किसिमका गरी एक सय २८ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा छन् । जसमध्ये २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी र ६७ वटा लघुवित्त वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् ।
लघुवित्त वित्तीय संस्थालाई अहिले थाती राखौँ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स गरी कुुल ६१ वटा संस्थाहरू सञ्चालनमा रहेकोमा तीन सबै संस्थाहरूको देशभर छ हजार एक सय ३६ वटा शाखाहरू सञ्चालनमा रहेका छन् । सोमध्ये वाणिज्य बैंकहरूको मात्र चार सय आठ सय ४३, विकास बैंकहरूको एक हजार ४९ र फाइनान्स कम्पनीहरूको दुई सय ४४ वटा शाखाहरू सञ्चालनमा रहेका छन् ।
नेपाल राष्ट्र बैंकको पछिल्लो अर्थात् यही पुसको दोस्रो सातासम्म बैंक तथा फाइनान्स कम्पनीहरूले संकलन गरेको निक्षेप रकम ४८ खर्ब १० अर्ब रुपैयाँ रहेको छ । यसमा पनि वाणिज्य बैंकहरूको मात्र कुल निक्षेप ४२ खर्ब ४२ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरूको कुुल निक्षेप पाँच खर्ब ६९ अर्ब रुपैयाँ रहेको छ । अब कुरा गरौँ कर्जाको, यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूको लगानीमा रही रहेको कुल कर्जा रकम ४६ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ ।
सोमध्ये वाणिज्य बैंकहरूको मात्र कर्जा रकम ४० खर्ब ९४ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरूको लगानीमा रहिरहेको कुल कर्जा रकम पाँच खर्ब १८ अर्ब रुपैयाँ रहेको छ । तर दुःखको साथ भन्नुपर्छ, बैंक तथा फाइनान्स कम्पनीहरूसँग बजारको मागअनुसार थप कर्जा दिन सक्ने क्षमता छैन अथवा भनौँ नेपालको बैंकिङ प्रणाली नै अहिले लकडानको अवस्थामा छन् ।
वित्तीय प्र्रणालीमा अहिले अपेक्षा गरेअनुसार निक्षेप रकम जम्मा हुन सकेको छैन ।
जसको सिधा असर कर्जा प्रवाहमा परेको छ । बैंकहरूमा अहिले लगानीयोग्य रकमको अभाव अर्थात् तरलता अभाव रहेको छ । सोही कारण आम बचतकर्ता ग्राहकहरूले पनि आफूले बैंकमा पैसा राखे पनि बैंकहरूले आफूलाई चाहेको बेलामा बचत रकम फिर्ता दिन नसक्ने हो कि भन्ने डरले वित्तीय प्रणालीमा पैसा राख्न डराइरहेका छन् । आफ्नो व्यापार व्यवसायबाट उठेको नियमित पैसा पनि उनीहरूले यतिखेर आफ्नै घर दराजमा जोखिम मोलेर राखेका छन् ।
जसको कारण बैंकहरूमा अहिले निक्षेप जम्मा भएको छैन । तरलता अभाव देखिएको छ । यो अभाव हुनुुको प्रमुख कारण नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, सरकार, अनि सम्बन्धित बैंकहरूको पनि हो । जसले आफ्ना आम ग्राहकहरूको विश्वास जित्न सकेनन् । कर्जाको माग आयो भनेर निक्षेप संकलनको सम्भावनालाई नजरअन्दाज गर्दै एउटै व्यक्ति तथा संस्थालाई ठूलो परिमाणमा कर्जा प्रवाह गरेका छन् ।
यस्तो गर्न नहुने थियो तर भयो । जसको कारण अहिले सिंगो वित्तीय प्रणाली फाइनान्सीयल लकडाउनको अवस्थामा रहेको छ । अब भने बैंक तथा फाइनान्स कम्पनीहरूले यसबाट पाठ सिक्दै अगाडि बढ्नु आवश्यक छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया