काठमाडौं । पछिल्लो समय कोरोना संक्रमणको दर बढेर दिनको १० हजारबाट उकालो लाग्यो । यो दृद्धिदर नेपालका लागि पहिलो हो । यतिले पनि नपुग्ने भयो । सरकारी निकायको नै जानकारीअनुसार नै आउँदो हप्ता यो दर दिनमा २० हजार नाघ्नेछ । रोकिनेचाहिँ कहाँ हो त्यसको सङ्केत देखिएको छैन । सबैभन्दा कहालिलाग्दो पक्ष पनि यही हो । विशेषज्ञहरू अहिले पाँचवटा अङ्कमा रहेको वृद्धिदर छिटै छवटा अङ्कमा पुग्ने आकलन गरिरहेका छन् । सरकारको रोकथामको अवस्थाले पनि यही भन्छ । यतिठूलो दरमा विस्तार हुँदा पनि सरकारले केही घोषणाहरूबाहेक विस्तार रोक्ने कार्यक्रमहरू खासै प्रस्ताव गर्न सकेन वा चाहेन ।
खोपकार्ड न भएकालाई कतै प्रवेश नदिने भनी व्यापक प्रचार भइरहेको छ । तर यो कार्डले न कोरोना सर्नबाट रोक्छ र न सार्नबाट । तर सरकार यति गेरपछि धेरैठूलो काम मानेर यसैलाई प्रचार गर्नमा मग्न छ । खोप लाएको मान्छेलाई संक्रमण कडा हुँदैन भन्ने मान्यता हो । तर सवाल हो सक्रंमण भएका र नभएकालाई अलग गराउनु । त्यसका लागि यो कार्डले कुनै भूमिका खेल्दैन । तर पनि सरकारको प्राथमिकता यसैमा रह्यो । यसलाई विज्ञहरू खतरा मान्छन् ।
सरकारकोे अध्ययनले के देखायो भने देशमा पछिल्ला दिनहरूमा कोभिड–१९ को संक्रमण जुनरूपले तीव्र भइरहेको छ त्यसमा परिवारभित्रै र समाजमा संक्रमित र संक्रमण नभएकाको भेद नहुनु हो । अघिल्लो दिन सात हजार संक्रमित रहेको अवस्थामा भोलिपल्ट १० हजार सात सयको संख्यामा नयाँ सक्रमित थपिए । सो संख्या भेटिँदाको समयमा जम्मा २३ हजारको मात्रै परीक्षण गरिएको थियो । कति थोरै परीक्षण र कति धेरै संक्रमित भन्ने यो एउटा चित्र पर्याप्त होला । संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ । परीक्षणको संख्याको शतप्रतिशत नै संक्रमित भेटिने खतरा बढ्दै छ । यसको कारण हो, परीक्षणको दायरा नबढ्नु । दायरा नबढ्नुको पनि कारण छ । सरकारले सरकारी निकाय र पहुँचमा रहेकाहरूबाहेक परीक्षण गर्दैन ।
संसारभरिको प्रचलन हो कुनै एक ठाउँमा संक्रमण भेटियो भने घेरा हालेर त्यो क्षेत्रका सबैकलाई परीक्षण गरिन्छ । कतिसम्म भने छिमेकी देश भारतका सहरमा पनि यस्तै भइरहेको छ । संक्रमितसँग सम्पर्कमा रहेको व्यक्तिमाथि परीक्षण भएन भने यही हो सबैभन्दा बढी खतराको क्षेत्र । तर सरकारको नीति हो त्यस्तो व्यक्ति आफैँ परीक्षण गराउन जानुप-यो र सरकारले नै निर्धारण गरेको महँगो शुल्क तिर्नप-यो भन्नेछ । यसो गर्न एउटा परिवारले कम्तीमा ३०–४० तिर्न पर्छ एक पटकमा । प्रश्न उठ्छ के यो सम्भव छ ? त्यसो हो भने संक्रमितको संख्या दिनकै छ अंकमा वृद्धि भयो भने पनि कुनै आश्चर्य हुने छैन । सरकारी अकर्मण्यताले भयावह अवस्था त्यता मोडिँदै गएको देखिन्छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया