Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयनिकृष्टताको हदैसम्मको नमूना

निकृष्टताको हदैसम्मको नमूना


काठमाडौं । गएको बिहीबार र शुक्रबार दिनभरि नै समाजिक सञ्जालमा एउटा सूचना प्रवाह भइरह्यो– बानेश्वरमा प्रहरीको गोली लागेका व्यक्तिको मृत्यु भयो । उनलाई लुकाएर राखिएको छ । ती दिन वास्तवमा नै त्यो क्षेत्र तनावमा थियो । प्रहरीको उच्च सतर्कता र आन्दोलनकारीहरूको पनि त्यत्तिकै उच्च विद्रोहका कारण कुनबेला के हुन्छ भन्ने सामान्यतया अनुमान लगाउने अवस्था पनि थिएन । संसद् भवनबाहिरको यो प्रदर्शनी संसद्मा प्रस्तुत प्रस्तावको विरुद्ध थियो भने प्रहरीचाहिँ त्यसको पक्षमा । यो स्वाभाविक पनि थियो । यही सन्दर्भमा प्रहरीबाट लाठीचार्ज, पानीका फाहोरा र रबरका गोलीदेखि अश्रुग्याँस प्रहारसम्मका काम भए । यस्तो बेला भिडमा को कहाँ कस्तो अवस्थामा छ भन्ने आफैँ अन्यौल हुन्छ । त्यो भिडन्तमा करिब सय जना व्यक्ति घाइते भएका बताइएको थियो । एकजना विद्यार्थी नेता जो सत्तारुढ दलकी हुन् उनी पनि घाइते भइन् ।

यी सबैका बीच आएको हो यो समाचार अर्थात् सामाजिक सञ्जालमा ज्युँदो मान्छे मरेको भन्ने खबर । यसको दुई दिनअघि अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्धको आन्दोलन उग्र थियो । माथि पनि भनियो यस्तो बेला धेरै कुरा नसोचेका पनि हुन सक्छ । त्यसदिन अर्थात् ती केही दिन काठमाडौँको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त नै रह्यो । सत्तामा रहेका घटकले चलाएको यो सडक आन्दोलनमा आन्दोलनकारीहरूले प्रहरीमाथि ढुंगा, इँटा, लाठी प्रहार गरे नै र आफ्नो प्रतिरक्षा तथा आन्दोलन मत्थर पार्न प्रहरीले प्रदर्शनकारीहरूमाथि पानीको फोहोरा र अश्रुग्याँस प्रहार ग-यो नै ।

यो क्रममा कति जना घाइते भए भन्ने मोटामोटी संख्याबाहेक अरु जानकारी आधाकारिक माध्यमबाट आउने कुरा पनि भएन । यो ठाउँ पनि त्यस्तै थियो । संसद्लाई सुरक्षित गर्नु प्रहरीको कर्तव्य र सरकारको ध्यानाकर्षण गर्न आन्दोलनकारी पनि यही ठाउँमा प्रदर्शन गर्न चाहन्थे आफ्ना कुरा त्यो परिसरमा उपस्थित संसद्लाई सुनाउनु पनि थियो । यही क्रममा हो बानेश्वर क्षेत्रमा आन्दोलनकारी र प्रहरी एक–अर्कामाथि आक्रमण प्रत्याक्रमण गरिरहेको अवस्था पनि झडप सामान्य हुने बेलासम्म केही प्रदर्शनकारी र प्रहरी घाइते भइसकेका थिए । यस्तो बेला को कहाँ भन्ने आफैँ एउटा प्रश्न उठ्छ नै । यो ठाउँमा प्रहरी संयमित रहनै पर्छ । किनभने उनीहरूसँग हतियार हुन्छ, नागरिकसँग त्यस्तो केही हुँदैन । तैपनि उसले आफ्नो हातमा रहेको हतियार अर्थात् सडकमा जे पाइन्छ त्यो चलाउँछ नै ।

यो प्रदर्शनमा सुरुदेखि एमसीसीविरुद्ध सक्रिय एक युवा गम्भीर घाइते भएको समाचार आयो । उनको टोउकोमा ठूलो चोट लागेको थियो । एक ठाउँबाट उनी अर्को ठाउँमा रिफर पनि भए । रिफर भएको ठाउँ थियो राष्ट्रिय ट्रमा सेन्टर, जो आफैँ एउटा सर्वसाधारणका लागि उपचार केन्द्र हो । यतिबेला जीवन छैन भनिएका पात्र तिनै हुन् जो यतिबेला अर्थात यी पंक्ति लेखिएको बेलासम्म मृत्युको दोसाँधमा त थिए तर सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेजस्तोचाहिँ होइन ।

बितेको तीन दिनमा ‘प्रहरीको गोली लागेर हेमराज अवस्थीको मृत्यु’ भन्दै सामाजिक सञ्जालमा हजार लाख जति सूचना आए । यो के हो हेर्नुपर्ने त्यही हो । सामाजिक सञ्जालमा जसले ‘मृत’ भनेर लेखे त्यसको अनुसन्धान हुनुपर्छ । त्यसमाथि यो मुद्दा राजनीतिक दलहरूका गतिविधिबाट उब्जिएको हो । त्यसकारण यसको अनुसन्धान पनि गम्भीर प्रकृतिबाट हुनुपर्छ । नमरेको मान्छेलाई मरेको भनी सूचनामा राख्नु त झनै गम्भीर हो ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x