काठमाडौं । देशको अर्थतन्त्र भनेको विश्वासले चल्ने कुरा हो । त्यो तन्त्रलाई व्यवस्थित गर्ने भनेको अर्थमन्त्रीले नै हो । प्रधानमन्त्रीले चाहेर पनि त्यस्तो विश्वास दिलाउन सक्तैन । पछिल्लो समय देशको अर्थतन्त्र बिग्रिएको भन्ने छ । सङ्केतहरू सकारात्मक देखिँदैनन् । हरेक कुरा नकारात्मकतर्फ अघि बढिरहेका छन् । जस्तो विदेशी मुद्राको घट्दो सञ्चिति, बढ्दो आयात व्यापार, आवश्यक मात्रामा पनि विदेशी मुद्रा डलर उपलब्ध गराउन नसकिने भन्ने जानकारी आदि । अरु पनि धेरै पक्ष छन् । यस्तो बेला देशले सबैभन्दा बढी सकारात्मक भूमिका खोज्ने हो अर्थमन्त्रीबाट । तर अर्थमन्त्री भने विन्दास देखिए । कतिपयले त उनलाई समस्याबाट भाग्ने अर्थात् भगौडे अर्थमन्त्री भन्ने पनि संज्ञा दिएका छन् । यो सही हो कि गलत भन्नेचाहिँ उनकै भूमिकाबाट प्रस्ट होला ।
पछिल्लो समय देशमा अर्थमन्त्रीको काम थियो । एउटा विकास परियोजना उनीबाट संसद्मा प्रस्तुत हुने थियो । संसद्को व्यवस्थापकीय बैठकले नै यस्तो निर्णय गरेको थियो । अहिले नेपालमा त्यही भइरहेको छ जुन यो बेला चर्चित थियो । यो हो अमेरिकी सहयोग परियोजना, एमसीसी सम्झौता संसद्मा पेस गर्नुपर्ने सन्दर्भ । यो प्रस्ताव पेस गर्ने तालुकवाला मन्त्रालयका मन्त्री हुन् अर्थमन्त्री । तर दुर्भाग्य उनी सम्झौता संसद्मा पेस गर्ने दिन अचानक बिरामी भइदिए । बिरामी नै भएपछि उनको उपस्थिति हुने भएन । अर्का मन्त्रीले त्यसको जोहो गरिदिए । कार्यक्रम उनको थियो । तर संसद्मा उनी अनुपस्थित रहेपछि उनको सट्टामा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्झौता संसद्मा पेस गर्ने काम गरे । यता बिरामी भएका मानिएका अर्थमन्त्री उक्त प्रस्तावविरुद्ध त्यसै दिन आफ्ना भ्रातृ संगठनलाई सडकमा जान विशेष प्रकारको निर्देशन दिन उपस्थित भएका देखिए । अर्थमन्त्रीनिकट संगठनको विशेष कार्यक्रममा उनको विशेष उपस्थितिको अर्थ रहला नै । उनकै निर्देशनमा भएको आन्दोलनमा अनेरास्ववियु क्रान्तिकारी (माओवादी केन्द्रको भ्रातृ संगठन)की अध्यक्ष पञ्चा सिंह सडक आन्दोलनका क्रममा घाइते पनि भइन् । तर यता अर्थमन्त्री भने भागेको भाग्यै भए ।
यो भयो आफ्नो भ्रातृ संगठनलाई सडकमा उतार्ने काम गरेर नेताहरू भागेको अवस्था । यो सम्झौता शुक्रबार फेरि छलफलका लागि संसद्मा प्रस्तुत हुँदै थियो र त्यो प्रस्ताव गर्ने काम अर्थमन्त्रीको भागमा थियो । यही बेला उनी राजधानी छाडेर परिवारसहित मनोरञ्जनमा गए । शुक्रबार अर्थमन्त्रीले यो प्रस्ताव पेस गर्ने भनी प्रतीक्षा भइरहेको बेला उनी परिवारसहित मनोरञ्जनमा रहेको चित्र आयो सामाजिक सञ्जालमा । यो बेला यी अर्थमन्त्रीले धेरै कुरा गर्न सक्थे । केही पहिले उनैले हस्ताक्षर गरेर पठाएको प्रश्नमा उनैलाई सम्बोधन गरेर उत्तर आएको थियो । त्यो उत्तर उनले सार्वजनिक गरेका थिएनन् । उनकै नेता प्रधानमन्त्री हुँदा २०७४ जेठमा वार्ताटोली गठन गरेर अमेरिका पठाइएको सन्दर्भ पनि यतिबेला जोडिन आएको छ, जसको उत्तर पनि उनले नै दिनुपर्ने थियो । यी अर्थमन्त्री वास्तवमा नै माओवादीको उपल्लो तहका नेता पनि हुन् । जब उनी आफैँ यसरी भाग्छन् भने अब बाँकी कसले ठोस निर्णय गर्ने ? अर्थमन्त्री वा अरु नेताले यसको उत्तर दिन जरुरी छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया