काठमाडौं । स्थानीय निर्वाचनका लागि करिब दुई महिनाको मात्रै समय बाँकी रहेका बेला निर्वाचन सन्दर्भको बहस भने मतपत्रको रङ्गमा केन्द्रित भएको छ । यसले राजनीतिक दलहरूसँग चुनावमा उठाउने ठोस मुद्दा नै नभएको हो कि भन्नेसम्मका शंकाहरू उठन थालेका छन् । मतपत्रमा रङ्ग भनेको नितान्त प्राविधिक विषय हो तर त्यसमाथि नै आरोप–प्रत्यारोप लाग्न थालेको छ भने निर्वाचन आयोगले समेत सर्वदलीय बैठक नै बोलाएर यसका बारेमा छिनोफानो गर्ने तहमा पुग्यो । गएको शुक्रबार त्यस्तो बैठक नै आयोजना भयो । अघिल्लो हप्ता आयोगले मतपत्रमा रहने रङ्गको निक्र्याैल गरेको थियो । त्यसमा सत्तारूढ र प्रमुख प्रतिपक्षी दल विवादमा उत्रिए । त्यसपछि या विषय सर्वदलीय बैठकमा नै उठ्नुपर्ने तहमा पुग्यो । कतिपयले यसलाई हाँस्यास्पद समेत भनेका छन् । विषय नै त्यस्तै उठ्ने र उठाउने काम पनि त्यसरी नै भएपछि आगामी निर्वाचनमा मुद्दाभन्दा रङ्ग हावी हुने देखिन थालेको हो ।
गएको हप्ता निर्वाचन आयोगले मतपत्रमा स्वस्तिक चिह्न स्पष्ट देखिने गरी मतपत्रको रङ्ग निर्धारण गरेको थियो । त्यसमा मतपत्रको रङ्ग हरियो पर्न गएछ । आयोगको तर्क थियो स्वस्तिक चिह्नको रङ्ग निलो हुनेहुँदा मतपत्रको रङ्ग हरियो छानिएको हो । त्यसलाई प्रमुख प्रतिपक्षी दलका नेता, पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्षले ‘बूढो रुख बचाउन निर्वाचन आयोगले मतपत्रमा चुनाव चिह्नको रङ्ग हरियो राख्ने निर्णय गरेको’ भनी आरोप लगाए । त्यसको जवाफ दिँदै नेपाली कांग्रेसका महामान्त्रीले ‘अहिले एउटा उखान चलेको छ, विभाजित कम्युनिस्ट पार्टी हरियो देख्दा तर्सिन्छ रे’ भन्दै जवाफ फर्काए । त्यसपछि नेता र कार्यकर्तामाझ रङ्गको यो विषयले यति उच्चस्तरको राजनीतिकरूप लियो आयोग समेत आफ्नो निर्णयमा छलफल गर्न तयार हुनुप-यो । नत्र रङ्गको यो विषय आयोगको स्वतन्त्र निर्णयअन्तर्गत पर्ने कुरा हो । विज्ञहरूले भने यसलाई जनताका सरोकार र मुद्दाभन्दा तात्कालिक पिरलो र चुनावी हारजितमा केन्द्रित रहेको मानेका छन् । चुनावमा प्रयोग हुने कागजपत्रको रङ्गले कुनै चुनाव चिह्नविशेषले बढी मत पाउने भए दलहरूले ती कागजपत्रको रङ्ग हेरेर नै आफ्नो चिह्न प्रयोग गर्थे होलान् तर यसले झनै गाईजात्राको अवस्था ल्याउने थियो । यो ठाउँमा उल्लेख भएको रुखको चिह्न सेतो रङ्गको भएको भए के हुन्थ्यो होला ? त्यस्तै सूर्य चिह्नको रङ्ग हरियो भएको भए पनि अवस्था त्यही हो । यी भनेको अनावश्यक बहसका विषय हुन् । तर ठूला दल र तिनका नेताले यसलाई नै बहसको विषय बनाए ।
यो चुनाव आइरहँदा यता एउटा परिवारले गरिबीका कारण सामूहिक आत्महत्याको प्रयास ग-योे । एउटाको घटनास्थलमा नै मृत्यु भयो भने चार जना संयोगले बाँचे । ती बाँचेकाहरूको शरीर अपाङ्ग भयो भने के होला ? यी नेताहरूले यो दुःखद विषयमा एक शब्द पनि बोल्न आवश्यक ठानेनन् । कम्तीमा यो बेलासम्मको अवस्था यही हो । यही क्रममा पनि दलहरूले पाँच वर्षमा आफूले गरेको कामको समीक्षा गरेको पाइएन । केवल निर्वाचनमा बहुमत ल्याउने कुरा मात्र छन् । त्यो बहुमतले के गर्नेछ भन्नेचाहिँ कतै केही छैन । यतिबेला जसरी पनि चुनाव जित्ने कुरा आएको छ । यो जसरी पनि भन्नाले दलहरू कुन हदसम्म तल झर्छन् र कस्ता–कस्ता कसरत गर्छन् भन्ने एउटा सङ्केत हुनसक्छ । यो झनै आपत्तिको विषय हो ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया