काठमाडौं । देशमा जब चुनाव लाग्छ त्यसपछि सुरु हुन्छ, राजनीतिक दलले नागरिक ढाँट्ने अभियान । यो काम चुनावी घोषणापत्रमार्फत हुन्छ । यसरी ढाँट्ने काम पनि कस्तो भने प्रतिस्पर्धा नै हुनेगरी । जसले जति ढाँट्न सक्यो त्यति नै बढी मत आउँछ भन्ने मान्यता नै स्थापित भइसकेको छ । तर ती घोषणापत्रका बारेमा दलहरूले अघिल्लो निर्वाचनमा यसो भनिएको थियो र तीमध्ये कति पूरा गरियो भन्ने कसैले पनि बताउन आवश्यक ठान्दैन । घोषणापत्रमा आकाश–पाताल जोडिएको हुन्छ । पूरा गर्न नपरेपछि जे भने पनि हुने भयो । यतिबेला देशमा त्यही क्रम सुरु भएको छ । चुनाव लागिसकेपछि ढाँट्ने काम पनि चल्ने भयो नै । एक विज्ञका अनुसार विगतमा गरिएका प्रतिबद्धता पूरा भए कि भएनन् भनेर दल र उम्मेदवारसँग नागरिकले जवाफ माग्ने अभ्यास भएन हामीकहाँ । दलीयकरणले हरेक घरलाई गाँजिसकेकाले यस्तो मूल्याङ्कन गर्ने पद्धति पनि छैन स्रोत र क्षमता नबुझीकन जे पनि गरिदिन्छु भनेर जनतालाई आकाङ्क्षा मात्रै बाँड्ने घोषणापत्रका कति वाचा पूरा भए भनेर खोज्नुपर्छ, समीक्षा नगरी मत हाल्नु नागरिकको पनि दोष हो ।
यस्तो दोष निर्वाचनपद्धति सुरु भएदेखि अर्थात् जब घोषणापत्र बनाएर चुनावमा जान थालेदेखि नै हुनुपर्छ । धेरै टाढा जानै पर्र्दैन । अघिल्लो निर्वाचनमा कसले के भनेका थिए भन्ने हेरे पुग्छ । यतिबेलाको सबैभन्दा ठूलो दल (नेकपा एमाले)ले २०७४ सालको स्थानीय तह निर्वाचन भनेको थियो– प्राकृतिक र निर्माण हुने समेत गरी राजधानी उपत्यकाभित्र कम्तीमा २० वटा ताल विकास गरेर ती तालको पानी तथा उपत्यकाबाहिरका नदीहरूको पानी समेत लिफ्ट प्रणालीबाट प्रवाहित गरी वाग्मती, विष्णुमती, मनोहरा र हनुमन्तेमा सफा पानी बग्ने सुनिश्चित गरिनेछ । सबै सहरमा ढलको पानी प्रशोधन गरी औद्योगिक प्रयोजनमा प्रयोग गर्ने र त्यसपछि पुनः प्रशोधन गरी नदी, पोखरी तथा तालमा छोडिनेछ । यस्तो घोषणा गर्ने दल नै त्यो निर्वाचनमा सबैभन्दा बढी संख्या जित्ने दल बन्यो र केन्द्रमा दुई तिहाइको हाराहारीको मत ल्याएर साढे तीन वर्षसम्म स्थानीय, प्रदेश र केद्रमा सरकार चलायो । यो भनेको उसका वाचा पूरा गर्न कतै पनि व्यवधान नहुने अवस्था हो । तर के यी वाचा पूरा भयो त ? यो प्रश्नको जवाफ वाग्मती, विष्णुमती, मनोहरा र हनुमन्तेको अवस्था हेरे पुग्छ जो आफैँ खुला छ ।
यही दलले १० वर्षभित्र १५ हजार मेगावाट थप विद्युत् उत्पादन गर्ने र कर्णाली चिसापानी बहुउद्देश्यीय परियोजना तथा पूर्व–पश्चिम राजमार्गको समानान्तर सात सय ६५ केभी प्रसारण लाइन जडान अगाडि बढाउने भनेको थियो विवरणअनुसार यो पाँच वर्षमा विद्युत् प्रणालीमा जम्मा एक हजार ९४ मेगावाट विद्युत् थपिएको छ । यो ठाउँमा वाचा पूरा गरिएका भए पाँच हजार त आउनुपर्ने थियो । एमाले मात्रै होइन अरु दलको पनि अवस्था त्यही हो । माओवादी एमालेसँगे सत्तामा थियो । उसका पनि वाचा पूरा भएका अवस्था छैन । यतिबेला नेपाली कांग्रेको अवस्था पनि त्यही हो । ऊ सत्तारुढ भएको भर्खरै हो । त्यस कारण आफू आफ्ना घोषण पूरा गर्ने ठाउँमा भर्खर मात्र पुगेको भन्ने ठाउँ होला तर एमाले र माओवादीले भने त्यति भन्ने ठाउँ पनि छैन । अबचाहिँ विगतका वाचा के भए सोध्नैपर्छ नत्र दलले झुटलाई स्थापित गर्नेछन् ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया