काठमाडौं । देश त्यति धेरै चिन्ता गर्नुपर्ने गरी आर्थिक सङ्कटमा त पुगेको छैन तर शंका भने यति धेरै मात्रामा बढिरहेको छ जसले खतराको सङ्केत गर्छ । वास्तवमा नै जे–जे कुराले सङ्कटको अनुभूति गराउँछ तीती कुराहरू प्रकट हुन थालेका छन् । बजार अत्यधिक महँगो भएको छ । त्यो के कारणले हो भन्ने कतै खुल्दैन । भनिदियो रुस–युक्रेन युद्धको असर । तरकारी भनेको आन्तरिक उत्पादनको कुरा हो । त्यसको मूल्य बढ्नुपर्ने कारण त्यति टाढाको युद्ध नहुनुपर्ने हो तर भइरहेको छ । इन्धनको मूल्यवृद्धिमा त्यो युद्धको असर पर्न सक्तछ तर त्यसलाई नियन्त्रणमा लिन वा राख्न सरकारले करमा केही छुट दिन सक्छ अलपकालीन नै भए पनि, जो पहिलेदेखि नै भनिँदै आइएको पनि हो । तर सरकारले ध्यान दिएको छैन । यसले सरकारको विश्वसनीयतामा प्रश्न उठाउँछ ।
पछिल्लो समय त शंकास्पद वित्तीय कारोबार बढ्दै गएको भन्ने पनि आम तहमा पर्न गएको छ । त्यसका लागि अर्थमन्त्रीको व्यवहार पनि जोडिन गयो । त्यस्तो कारोबारका विरुद्ध अनुसन्धानलाई प्रभावित गर्न अर्थमन्त्री नै अग्रसर भएका भन्ने कुरा बजारमा आए । खासगरी राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण विभागलाई अर्थमन्त्रीले प्रभावमा पार्न खोजेका भन्ने व्यापक चर्चामा आयो अघिल्लो हप्ता । त्यसको चित्तबुझ्दो जवाफ नआई गभर्नर निलम्बनको कुरा आयो । यसले शंकामाथि शंका थपिदियो । गभर्नरमाथि सरकारलाई असहयोग गरेको भन्ने र सूचना चुहाएको भन्ने आरोप लागेका बताइयो । तर अर्थमन्त्रीको पहिलेको पत्रकाण्डको कुनै निकास नभएको बेलामा गभर्नर हटाइएको विषय जोडिन गयो । यसले अर्थमा अविश्वास पैदा गर्छ र त्यो खतराको विषय हुनसक्छ बेलैमा सम्बोधन भएन भने । यतिबेला अर्थमनत्री नै शंकाको घेरामा परेका छन् । पहिले त्यसको निदान हुन आवश्यक छ ।
एक जना विज्ञका अनुसार विदेशबाट अवैधरूपमा आएको रकम छुटाउन अर्थमन्त्रीले पत्र लेख्छन् भने वैध तरिकाले आएको पैसा पनि निगरानीमा पर्न थाल्छ , त्यसपछि हामी झन् ठूलो सङ्कटमा पर्छौँ । यतिबेला अर्थमन्त्रीमाथि आरोप लागेको छ तर त्यसको निदान भने भएन । शंका हुने ठाउँ पनि यही हो । स्रोत नखुलेको सम्पत्तिमाथिको छानबिनलाई अर्थमन्त्रीले प्रभावित पार्न खोजेको भन्ने त यतिबेला स्थापित नै भइसकेको छ । अब त्यसको खण्डन हुन सक्तैन । गभर्नरको निलम्बनले स्थिति यो ठाउँसम्म आइपुगेको हो ।
अर्थमन्त्री आफैँ अर्थका बारेमा धेरै बोल्दैनन् । यो राम्रो पक्ष पनि होला तर जब अर्थका बारे प्रश्न उठ्छ, अर्थतन्त्र बिग्रिएका देशसँग दाँजिन थाल्छ, सर्वसाधारणले त्यस्तो शंका गर्न थाल्छन् भने त्यसबेला अर्थमन्त्रीको मौनता पनि रहस्यको बन्दछ । अहिलेको अवस्था त्यस्तै हो । यही बेला अपर्झट नै हुनेगरी गभर्नर हटाइँदा देशको वास्तविक अवस्था सामान्य नरहेको हो कि भन्ने शंका बढ्ने हुन्छ । यस्तो बेला सरकारले नागरिकलाई आश्वस्त पार्नुपर्छ । त्यसो भएन भने स्थिति भयावहतर्फ जान पनि सक्तछ । सबै नागरिकले एकै पटक बैंकबाट पैसा झिक्न खोजे भने के हुन्छ ? कामना गरौँ त्यस्तो स्थिति नआऊला तर शंकाको वातावरण धेरै समय यथावत रहन दिनु हुँदैन । यस्तो अवस्थाले बजार र उपभोक्तामाथि प्रभाव पार्छ जो पछि सरकारले सम्हाल्न नसक्ने पनि हुनसक्छ । समयमा नै ध्यान जाओस् ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया