नेपाल राष्ट्र बैंकले यसै साता देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी छ महिनाको प्रतिवेदन सार्वजनिक ग-यो । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ को छ महिनासम्ममा कुल वस्तु व्यापार घाटा छ दशमलव एक प्रतिशतले घटेर छ खर्ब ३७ अर्ब ४१ करोड रुपैयाँमा सीमित रहेको देखिएको छ । यसैगरी कुल वस्तु निर्यात २६ दशमलव एक प्रतिशतले बढेर ५७ अर्ब २८ करोड देखियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको थियो । चालू आवको छ महिनामा कुल वस्तु आयात चार प्रतिशतले घटेर छ खर्ब ९४ अर्ब ६९ करोड कायम रहेको देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३० दशमलव पाँच प्रतिशतले बढेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात नौ दशमलव एक प्रतिशतले घट्दा चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२ दशमलव एक र शून्य दशमलव चार प्रतिशतले बढेको देखिएको छ । चालू आवको पछिल्लो छ महिनामा विप्रेषण आप्रवाह शून्य दशमलव नौ प्रतिशतले बढेर चार खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३० दशमलव दुुई प्रतिशतले बढेको थियो । राष्ट्र बैंकको यो तथ्यांकअनुसार मुलुकको व्यापार घाटामा कमी आएको देखिएको छ । पछिल्लो समय मुुलुकको आयात घटेकै कारण व्यापार घाटामा केही कमी आएको हो ।
आर्थिक विकास र समृद्धिको दिशामा अगाडि बढेको जुुनसुकै मुुलुकको लागि पनि व्यापार घाटामा कमी आउनुु सुुखद् हो । तर, त्यो सुुख त्यतिबेलासम्म कायम कायम हुुन्छ, जबसम्म व्यापार घाटाको घटाई दीर्घकालीन हुुन्छ । व्यापार घाटा कम हुुनुको लागि मुुलुकले आन्तरिक उत्पादन बढाउनुु पर्छ । हामीले कृषि ऊर्जा, पर्यटन, मानवस्रोतलगायतका माध्यमद्वारा व्यापार घाटा कम गर्ने हो । जबसम्म यी कुराहरुमा हामी बलियो हुुन सक्दैन । व्यापार घाटाको घटाई क्षणिक हुन्छ । अथवा भनौँ घटेको व्यापार घाटा केही लाख, केही करोड रुपैयाँमा सीमित हुन्छ । वर्षेनी १२ खर्ब रुपैयाँको हाराहारीमा व्यापार घाटा हुुने यो मुलुुकको व्यापार घाटाको घट्दा दरलाई खर्ब रुपैयाँमा पु¥याउन सक्नुु पर्छ । चालू आवको छ महिनामा छ खर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा भएको मुुलुकमा गत आवको सोही अवधिको तुुलनाम केही प्रतिशतले व्यापार घाटामा सङ्कुुचन आयो भन्नुुले अर्थतन्त्रमा खासै तात्विक भिन्नता नराख्न सक्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया