मौसमी वर्षाले विनाश सुरु, बचाउको अभ्यास खै ?
काठमाडौं । अघिल्लो वर्ष मनसुन सुरु हुनासाथ र सकिएपछि गरी वर्षाका कारण ठूला दुईवटा ठूला घटना भए । एउटा थियो, जेठ अन्तिमको वर्षाले रचेको मेलम्ची क्षति भने अर्को असोज मसान्तको बेमौसमी वर्षाले पारेको धानबालीको क्षति । पाठ सिक्नका लागि त्यस वर्षका यी दुई घटना पर्याप्त हुन् । यद्यपि यी दुईवटै घटनामा त्यति ठूलो मानमवीय क्षति भने भएन । मेलम्ची बाढीमा आधा दर्जनजतिको ज्यान गयो भने बेमौसमी वर्षामा मानवीय क्षति भएन तर अन्नबालीको भने बिजोक नै भयो ।
मेलम्ची बाढी यस्तो थियो जो कसैले कल्पना पनि गरेका थिएनन् । नदी किनारभन्दा धेरै माथि रहेका घरजग्गाहरू बगरमा परिणात भए । त्यसबेला सार्वजनिक भएको विवरणअनुसार ३०–४० फुट अग्लो हुनेगरी घरजग्गामा लेदो पुरिएको थियो । त्यही बाढीले पुरेको मेलम्ची खानेपानी आयोजनाको दुर्गति अझै पनि कायमै छ । करोडौँका माछापोखरीहरू स्वाहा भएका थिए । अहिले ती सबै बगरमा नै छन् ।
देशमा फेरि अर्को वर्ष अर्थात् चालू वर्षको मनसुन सुरु भएको छ । उल्लिखित दुई घटनाबाहेक विभिन्न ठाउँमा गरी गत वर्ष भएका मनसुनजन्य विपत्बाट दुई सय ५८ जनाको मृत्यु, ६५ जना बेपत्ता र एक सय ९२ जना घाइते भएका थिए । अघिल्लो वर्ष मनसुन सुरु भएको पहिलो महिनामै ८३ जनाको मृत्यु हुन पुग्यो । अभिलेखमा रहेको विवरणअनुसार त्यो वर्ष मनसुनको पहिलो महिनामा भएको मानवीय क्षति बितेका दश वर्षकै उच्च थियो । वर्षा सुरु भयो भन्दाभन्दै मानवीय क्षतिको लहर नै चलिसकेको थियो यो वर्ष । यसअघिका वर्षमा यति ठूलो मानवीय क्षति भएको थिएन । जस्तो २०७७ मा मनसुनको पहिलो महिना असारमा २० जना, ०७६ मा २५ जना, ०७५ मा ११ जना र ०७४ मा २८ जनाको मृत्यु भएको थियो । चालू वर्ष मनसुन अघिल्ला वर्षभन्दा बढी हुने भनी आकलन आइरहेको छ । जल तथा मौसम विज्ञान विभागको अनुमानमा यो वर्ष २८ लाख मानिस यस्तो वर्षाबाट प्रभावित हुनेछन् ।
मौसमविद्का अनुसार यस वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ । पछिल्लो समय मौसमका पूर्वअनुमानहरू मिल्दै आएका पनि छन् । चालू वर्ष बेमौसममा पनि अत्यधिक वर्षा भएको अवस्था छ । कतिपय ठाउँमा त मनसुन सुरु हुनासाथ पहिरो गएर मानवीय क्षति समेत हुन थालिसकेको छ । तनहुँमा राजमार्ग भासिएर दुई जनाको ज्यान नै गएको छ ।
पछिल्ला मनसुनी वर्षाको विशेषता हुन् छोटो अवधिमा निरन्तर र ठूलो मात्रामा वर्षा हुनु । यस्तै वर्षाले बढी क्षति पु-याउँछ । विगतको यस्तो वर्षा र कल्पनातीत क्षति आउँदो वर्षका लागि तयारीको अवसर हुनुपर्ने हो तर त्यस्तो भएको पाइँदैन । सबैभन्दा दुःखद पक्ष पनि यही हो । विपत्का सन्दर्भमा विगतदेखि नै भन्दै आइएको उखान घरमा आगो लागेपछि कुवा खन्नेजस्तो काम हुनेगरेको छ । विगतको मौसमले त्यो क्षति पु-यायो भने अर्को वर्ष त्यसबाट सकेसम्म जोगिन र जोगाउन यस्ता अभ्यास भएका र भइरहका छन् भन्ने कतै सुन्नमा आएका छैनन् । क्षतिका दुःखद घटना भइसकेपछि बचाउका अभ्यासहरू थालिन्छ । प्रकोप विज्ञका अनुसार हरेक वर्षको प्रकोपले अर्को वर्षका लागि केही सन्देश दिने गर्छ, त्यसलाई हेरेर पहिल्यै पूर्वतयारी गर्नुपर्ने हो, तर नेपालमा त्यसो हुन सकिरहेको छैन । किन बचाउका लागि पूर्वतयारी गरिँदैन ? राज्यले उत्तर दिन जरुरी छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया