काठमाडौं । सार्कको एउटा देश नातागोताका कारण टाट पल्टिएको भनेर संसारभरि नै व्यापक चर्चा र निन्दा भइरहेका बेला यता नेपालमा भने तिनै नातागोतालाई पोस्ने गरी कार्यक्रम निर्धारण भइरहे । कार्यक्रम पनि कस्ता भने वार्षिक बजेटमा छुटेका रहेछन् भने एउटा विशेष प्रकारको व्यवस्था गरेर पुनः समावेश गरियो । यतिबेला देशमा प्रधानमन्त्रीका छोराले चलाएको कारोबारमा ९५ प्रतिशत भन्सार छुट पाएको विषय अत्यधिक चर्चामा छ । आउँदो वर्षको बजेट बनाउँदा अनधिकृत मान्छेलाई प्रवेश गराएर करका रदरमा व्यापक हेरफेर गरेको भनी अर्थमन्त्रीमाथि छानबिन चलिरहेको छ । यस्तो छानबिन सरकारको इच्छाबाट भएको होइन । यस्ता अर्थमन्त्री बहाल रहेसम्म मन्त्रालय नै नआउने भनी कर्मचारी बिदामा बसेका र संसद् समेत चल्न नसक्ने देखिएपछि अर्थमन्त्रीले राजीनामा दिए तर उनले गरेका करको त्यस्तो व्यवस्था यथावत नै छ भने प्रधानमन्त्रीका छोराले पाएको त्यस्तो सुविधा पनि यथावत नै छ । यही बीचमा एउटा दलले आफ्नो परिवारका सबै सदस्यलाई उच्च पदमा मनोनयन गरेको समाचार पनि आयो ।
यो केन्द्रको कुरा भयो । प्रदेशले पनि हदैसम्मका नातागोता हेरेका समाचारले अझै पनि अखबारका पाना भरिइरहेका छन् । त्यसको उदाहरण भएको छ, गण्डकी प्रदेश । यो प्रदेशमा गएको हप्ता बजेटमा छुटेको भनेर एउटा विशेष कार्यक्रम ल्याइयो जसमा ३० करोडको एकमुस्ट रकम नातागोताका नाममा खर्च गरिने भयो । सेतो किताब नाम दिइएको यो कार्यक्रममा मुख्यमन्त्री, मन्त्रीलगायतका आफन्तहरूका नाममा खर्चको जोहो गरिएको थियो जो पछि अत्यधिक विरोध भएपछि फिर्ता पनि लिइयो तर यसले नेतृत्वको नियत भने देखाएरै छाड्यो । छुटेका कजेट भनी थपिएकामा कास्कीको सिक्लेसमा शान्ति स्मारक पार्क बनाउन एक करोड, पोखरा २८ मा थमन स्मृति पार्क बनाउन १० लाख, माछापुच्छ्रेमा हरिबहादुर स्मृति पार्क बनाउन १० लाख, तनहुँको बन्दीपुरमा सहिद स्मृति पार्क बनाउन पाँँच लाख, भानुमा १० लाख, पर्वतको फलेबासमा पाँच लाख रूपैयाँ विनियोजन भएको भन्ने रिपोर्ट आए । यसमा मुख्यमन्त्री र मन्त्रीका बाबुआमा र अन्य नातागोता पर्छन् । मन्त्रीहरूको यस्तो नातामोहमाथि व्यंग्य गर्दै आफ्ना परिवार सदस्यका नाममा स्थापित प्रतिष्ठान तथा कोषलाई करोडौँ रूपैयाँ छुट्याएको सन्दर्भको विरोध गर्दै प्रदेशका मुख्यमन्त्रीसहित मन्त्री ‘एक रुपैयाँ दान’ अभियान सुरु ग¥यो । तर जसले यस्तो दानको काम सुरु गरेको हो त्यही दलका मेयरले पद छाड्दा छाड्दै पोखराको ठूलो मात्राको सरकारी सम्पत्ति आफ्ना ज्वाइँलाई दिएका विवरणहरू सार्वजनिक भइसकेका र भइरहेका छन् ।
यी विवरणहरूले नेपाल चरमरूपको नातावादमा पुगिसकेको देखाउँछ । यो क्रममा श्रीलंकाको सरकार नातावादमा कस्तो थियो भन्ने विभिन्न माध्यममा आइरहेका सामाचारका विवरणले कतै नेपाल पनि त्यता अग्रसर भएको त होइन भन्ने प्रश्न गराउँछ । यतिबेला श्रीलंकाबाट भागको सरकारमा उनीहरूको परिवारका पाँच जना त सरकारमा थिए । यो परिवारले करिब पाँच खर्ब डलर विदेशमा लगेको भन्ने आरोप छ । त्यो देश टाट पल्टिनुमा यो पनि एउटा कारण मानिन्छ । त्यसै कारण पनि विज्ञहरूले यसबारे सचेत गराइरहेका छन् तर मानिएको अवस्था छैन । माथिका विवरणहरू त्यसैका उदाहरण हुनुपर्छ । श्रीलंकामा जे भयो त्यसको पीडा भने त्यहाँका जनताले भोग्नु परिरहेको छ । मान्छेहरू भोकभोकै र औषधि उपचारविहीन अवस्थामा दिन बिताइरहेका छन् । नेतृत्व गलत भयो भने देशको अवस्था के हुन्छ भन्ने आँखैअघिका यी दृश्यबाट पाठ सिक्न दलहरूलाई दबाब दिन आवश्यक छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया