काठमाडौं । माओवादीको सशस्त्र द्वन्द्वले खासगरी सहरबाहिर बस्नै नसकिने अवस्थाबाट प्रेरित भएको काम गर्नका लागि विदेश जाने प्रचलन यो तीन दशकमा देश नै त्यसमाथि निर्भर रहनुपर्ने गरी फस्टायो । हुँदै जाँदा हिजोआज पनि उमेर पुगेका एउटा वयस्क युवा भेटिँदैनन् । झण्डै ७० हजारको संख्याका यस्तो जनशक्ति विदेशमा रहेको अनुमान छ । छिमेकी देश भारतमा त यस्तो श्रम बेचिरहेकाहरूको संख्या कति छ भन्ने अनुमान समेत छैन । पहिले यस्तो विदेशिने अवस्था बाध्यता थियो भने अब त देशका लागि यो नभई नहुने अवस्थामा आइपुग्यो । यसको कारण हो, देशसँग अरु विकल्प नहुनु । देशमा अति राजनीति, नेतृत्वको अनुत्तरदायी काम, अविकासको चरम अवस्था र हरेक कुरामा परनिर्भरताको मात्रा बढ्दै जानु आदि पक्षहरूले पनि श्रमका लागि विदेश जानुपर्ने अवस्था झन्झन् बढ्दै गएको पाइन्छ । तत्कालको एउटा विवरणअनुसार विदेशमा काम गर्नेले देशमा पठाएको रकमको अंक सय खर्बको हाराहारीमा पुगेको छ । यसले पनि श्रमका लागि विदेशिनेहरूको संख्या बताउँछ । तर यस्तो आर्जन गर्नेहरूका लागि देशले भने केही दिएको पाइँदैन । एउटा राहदानी लिन मात्रै पाँच दिन निरन्तर लाइनमा बस्नुपरेका समाचार आइरहेका छन् ।
सरकारको एउटा विवरणअनुसार पछिल्लो पाँच आर्थिक वर्षमा विदेशको कमाइ नेपालमा आएको रकमको अंक ४५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । अघिल्लो एक आवमा मात्रै करिब १० खर्ब रुपैयाँ भित्रिएको थियो । त्यसअघि आव २०७७/०७८ मा नौ खर्ब ६१ अर्ब, आव २०७६/०७७ मा आठ खर्ब ७५ अर्ब, आव २०७५/०७६ मा आठ खर्ब ७९ अर्ब र आव २०७४/०७५ मा सात खर्ब ५५ अर्ब रुपैयाँ भित्रिएको विवरणले बताउँछन् । यो भनेको करिब–करिब सम्बन्धित वर्षका कुल बजेटजतिकै रकम हो । २०७४ सालको आम निर्वाचनबाट खासगरी गरिबको पार्टी भनी चिनाउने दलले अब युवाले रोजगारीका लागि विदेश जानु पर्दैन भनी घोषणा जारी गरेको थियो । सोअनुसार त्यो दलको दुई तिहाइ मत पनि आयो । तर त्यसले पनि आफ्नो शासनमा यस्तो रोजगारीमा जानुपर्ने बाध्यतामा कुनै सुधार गरेन छ भन्ने बितेका चार वर्षको विपे्रषणले देखाउँछ । योबीचमा कोरोनाका कारण एक/डेढ वर्ष नै प्रभाव पा¥यो । तर पनि यस्तो काम प्रत्येक वर्ष बढ्दै नै गएको देखियो । यसको अर्थ हो जस्तोसुकै जोखिम भए पनि विदेश जानुबाहेक अरु उपाय छैन । माथि उल्लेख भएका आर्थिक वर्षका विवरणहरूले बताउने सत्य यही हो । छिमेकी देश भारततर्फ त दशैँतिहार समेत नभनी लाइन लागेका चित्रहरू यो पछिल्लो वर्ष पनि देखिएका थिए । मानवीय हिसाबले विदेश यात्राका ती दृश्यहरू सामान्य होइनन् ।
देशमा यस्तो श्रम विदेशी मुद्राको एउटै मात्र स्रोत बनेको छ । देशमा विदेशी लगानी नहुँदा र पर्यटन क्षेत्र महामारीका कारण डरलाग्दो मन्दीमा पर्दा पनि ठूलो आयातलाई विदेशी मुद्राको यही स्रोतले धानिरह्यो । तर यो कहिलेसम्म कायम रहला भन्नेचाहिँ सधैँ प्रश्न बन्दै आएको छ । तर यसको उत्तर देश चलाउनेहरूले दिएका छैनन् । पटक गनेर प्रधानमन्त्री हुनेगरेको देशमा त्यस्तो दीर्घकालीन योजना पनि चाहिँदोरहेनछ । पछिल्लो निर्वाचनले त झनै डरलाग्दो चित्र देखाउँदै छ । नेताहरूलाई देशको विकासभन्दा आफ्नो सत्ताको सुरक्षा गर्नेभन्दा परको चिन्ता नभएका दृश्यहरू निरन्तर प्रकट भइरहेका छन् । अपेक्षा हो यसमा परिवर्तन आओस्, विकासले गति पाओस् । त्यसपछि मात्रै विदेशको यात्रामा भन्दा देशभित्र नै युवाको उपस्थिति बढ्ला ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया