काठमाडौं । देशका जुनसुकै भागमा बाढीपहिरोजस्ता प्राकृतिक विपत् आइपर्दा पीडितहरूको एउटै आशा हुन्छ, राहत पाइयोस् । तर दुःखद पक्ष त्यही कुराचाहिँ उनीहरूले पाउँदैनन् । बरु राहतका नाममा हेलिकोप्टरको रमिता भने सधैँ र सबै ठाउँमा देख्न पाइन्छ । जब यस्ता विपत् आइपर्छन् त्यसको निरीक्षणका नाममा नेताहरू ठूला–ठूला जमातसहित हवाइ निरीक्षणमा निस्कन्छन् । कतै उनका अवतरण भए भने पनि त्यो सामूहिक फोटो खिचाउनका लागि हुन्छ र त्यसलाई फेसबुकमा हालेपछि आफ्नो कर्तव्य पूरा भएको ठानिन्छ । पछिल्लो समय त हेलिकोप्टर सयर यतिविधि बढेको छ जसका बारे महालेखाले पनि यो खर्चपीडितलाई दिइएको भए ठूलो राहत हुनेथियो भनी उल्लेख नै गरेको छ ।
कतिपय अवस्थामा प्रभावित वा क्षतिग्रस्त क्षेत्रमा हेलिकोप्टर पुग्छन् । तर त्यसमा राजधानीबाटै यति ठूलो संख्या हुन्छ जो उद्धार गर्नुपर्ने र घाइते नै रहेछन् भने पनि उनलाई त्यहाँ ठाउँ नै हुँदैन । पीडितहरूले त्यसबेला हेलिकोप्टरले उडाएको हावाभन्दा बढी केही पाउँदैनन् । यता त्यो खर्च भने यति महँगो हुन्छ जसले पीडितका लागि घरै बनाइदिन पुग्ने थियो । यो पछिल्लो वर्ष त चुनावमय भएका कारणले पनि होला ती क्षेत्रमा मान्छे पुग्ने राहत नपुग्ने क्रम उच्चस्तरमा नै प्रकट भइरहेको छ जसलाई दुःखद भन्नुपर्छ ।
अहिलेसम्मको पछिल्लो दुःखद घटना गएको भदौको अन्तिम दिनमा प्रकट भयो । सुदूरपश्चिमको जिल्ला अछाममा भदौ ३१ को मध्यरातमा परेको अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो खस्यो । त्यो एकै रातमा भएको यो घटनामा २२ जनाको मृत्यु भयो र यसले ठूलो संख्याका परिवारलाई विस्थापित गरिदियो । तर यो घटनाको दुई हप्ता बित्न लाग्दा पनि पीडितहरूले राहत पाएनन् । यी ठाउँमा प्रदेश र संघीय सरकारका मन्त्रीहरूको भिड नै लाग्यो । अकाशमा हेलिकोप्टर उडिरहे । यी सबै राहत वितरणका नाममा थिए । तर राहतचाहिँ पाएनन् । पीडितका बुझाइले नै सो कुरा बताउँछ ।
विभिन्न रिपोर्टमा आएका पीडितका भनाइ एक ठाउँमा राखिँदा तिनका शब्दचित्र यस्ता बन्दारहेछन्– पानी पर्न थालेपछि घर छोडेर अन्तै भाग्नुपर्ने अवस्था छ । त्रिपाल र अलिकति चामल पाएका छौँ । बस्ने ठेगान नै नभएपछि त्रिपाल लिएर के गर्ने ? सबै आउँछन्, तपाईँहरूका लागि राहत ल्याउँछौँ भन्छन् । पटक–पटक गाउँमा हेलिकोप्टर मात्रै आउँछ, राहत आउँदैन । हाम्रो दुःख उस्तै छ । पानी पर्न थाले बालबच्चा च्यापेर घरबाट भाग्नुपर्छ । पहिरोबाट विस्थापित भएकाले राहत दिन भन्दै कांग्रेस, एमाले र माओवादीले पनि लाखौँ रूपैयाँ राहत संकलन गरेको सुनिन्छ ।
घरबार छाडेर अर्काको घरमा बसेका पहिरोपीडित हामी हौँ । खै त अहिलेसम्म हामीलाई राहत ? मन्त्रीहरू बेला–बेला आउँछन् । हेलिकोप्टर ल्यान्ड हुने ठाउँबाट एक पाइला अघि सर्दैनन् । पहिरो गएको ठाउँसम्म मन्त्री र अरू सरोकारवाला कोही पुगेका छैनन् । तीन/तीन पटक हेलिकोप्टर चढेर आउँदा लाग्ने खर्चले हामीलाई राहत दिए पनि हुन्थ्यो । अहिलेसम्म सडक अवरुद्ध छ । स्थानीय बजारमा एक किलो चामल पनि पाइँदैन । अब भोकमरी लाग्ने देखिन्छ, मन्त्रीहरू आउँछन् पाँच मिनेटमा राहत दिन्छौँ भनेर आश्वासन दिन्छन् । हाम्रा कुरै नसुनेरै जान्छन् । हामीले पीडा राख्ने ठाउँ नै पाएका छैनौँ ।
पीडितहरूको यस्तो गुनासो सरकारसमक्ष पुगोेस् । त्यसो भएन भने उनका लागि राज्य नभएसरह हुन्छ । उनीहरूले राहत पाउँदैनन् भने हेलिकोप्टरको घुमाइ पनि निरर्थक नै हुन्छ । आइन्दा यस्तो नहोस् ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया