कर्जाको प्रयोग उत्पादनमुुखी क्षेत्रमा हुुनुुपर्छ
काठमाण्डौँ,फागुन २०
नेपाल पछिल्ला वर्षहरुमा धेरै वस्तुु तथा सेवाहरुमा परनिर्भर हँुुदै गएको छ । यो परनिर्भरताको अन्त्यको लागि उत्पादन बढाउनुु आवश्यक रहेको छ । तर, मुलुुकको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी पछिल्लो तथ्यांकलाई हेर्दा मुलुकको उत्पादन पक्ष निकै नै कमजोर रहेको देखिन्छ । चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा छ खर्ब रुपैयाँभन्दा बढीको व्यापारघाटा हुुनाले पनि मुुलुकको अर्थतन्त्र असहज देखिएको हो । यो असहजतालाई चिर्नको लागि मुलुुकको आन्तरिक उत्पादन बलियो हुुनुुपर्छ । यसको लागि उत्पादनमूक क्षेत्रमा कर्जा लगानी बढाउनुु पर्छ । तर, राष्ट्र बैंककै तथ्यांकअनुसार पनि उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढेको देखिँदैन । बैंक तथा फाइनान्स कम्पनीहरूको कुुल कर्जा लगानी बढेर चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा ३१ खर्ब ६१ अर्ब ३५ करोड १० लाख रूपैयाँ पुुग्दा उत्पादनमूलक क्षेत्रमा प्रवाह भएको कुुल कर्जा रकम झण्डै दुुई खर्ब रुपैयाँको हाराहारीमा मात्र रहेको छ ।
बैंक तथा फाइनान्स कम्पनीहरुले हालसम्म प्रवाह गरेको कुुल कर्जा रकमा ३१ खर्ब रहनुको अर्थ वित्तीय क्षेत्रले मुलुकको दुुई आर्थिक वर्षको बजेटबराबरको रकम कर्जा लगानी गर्नु हो । यति ठूलो परिमाणमा कर्जा लगानी भइसक्दा पनि आन्तरिक उत्पादन कमजोर हुुनु मुुलुकको आर्थिक विकास र समृद्धिको बाधक हो । यो बाधालाई हामीले चिर्न सक्नुुपर्छ । यसलाई चिर्नको लागि वित्तीय क्षेत्रमार्फत जति पनि रकम कर्जा लगानी हुुन्छ, त्यो रकमलाई उत्पादन र रोजगारमुुखी क्षेत्रमा लगानी गर्नुुपर्छ । अनि मात्र नेपाली श्रम, सीप र क्षमताको सहीरुपमा उपयोग हुुन सक्छ । होइन भने खर्बौँ रुपैयाँ कर्र्जा लगानी गरिसक्दा पनि अर्थतन्त्र कमजोर नै देखिन सक्छ । यो कमजोरीलाई हटाउनको लागि बैंक तथा फाइनान्स कम्पनीहरुले कृषि, ऊर्जा, पर्यटन, पूर्वाधार, मानव संसाधन, घरेलु तथा साना उद्योग, पशुपालनलगायतका क्षेत्रमा कर्जा बढाउनुु पर्छ । कर्जा लगानी बढाउनुुको प्रमुुख उद्देश्यको रुपमा उत्पादन र रोजगारी हुुनुुपर्छ । अनि मात्र मुुलुकको दिगो आर्थिक विकास र समृद्धिको खाका कोर्न सक्छ । यो खाकाविना मुुलुक आर्थिक विकास र समृद्धिको दिशामा अगाडि लम्केको मान्नुु दिवा सपनाजस्तै हो । यो अवस्थामा मुुलुकलाई समृद्ध बनाउने हो र सारा नेपाली नागरिकहरुलाई सुुखी बनाउने हो भने उत्पादन र रोजगारमुुखी क्षेत्रमा बैंकहरुको कर्जा लगानी पहिलो शर्त हो ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- नबिल एसएसईको वार्षिकोत्सव
- कृषि विकास बैंकको मेलम्ची शाखाको सहयोग
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अली पे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
- कांग्रेसको सयदिने अभियान सुरु
- ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, एकको अवस्था गम्भीर
- मलको अभाव हुँदा खेती गर्न समस्या
- मकवानपुरमा सुतिरहेका साथीको साबेल प्रहार गरी हत्या
- सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया