Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयअख्तियार र अदालतमा पुग्नुपर्ने कुरा

अख्तियार र अदालतमा पुग्नुपर्ने कुरा


काठमाडौं । देशमा कसले बढी सुशासन कायम गर्छ र त्यस्तो सुशासन स्थापनाको सन्देश दिन सकिए जनताको मन सजिलै जित्न सकिन्छ भन्ने होडबाजी चलिरहेका बेला यता भ्रष्टाचारका सन्दर्भमा जोडिएका निकायहरूले भ्रष्टाचारको डरलाग्दो अवस्था प्रकट गरेका छन् । अनुसन्धान गरेर अदालतमा पुगेका भ्रष्टाचारका मुद्दामा अख्तियार धमाधम हार्दै गएका चित्र वास्तवमा डरलाग्दै हो । मुद्दा दायर हुँदा देखिएका देखाइएका विवरणहरूले भ्रष्टाचारको आकारप्रकार पनि देखाउँथे तर जब अदालतबाट तिनले धमाधम सफाइ पाइरहेको विवरणहरू विवरणहरू आउन थाले । त्यसले भने केही गम्भीर प्रश्न खडा गरको छ । भ्रष्टाचार आफैंमा पनि लेनदेन भएको विवरण लुकाइने घटना हुन् । धेरै पक्षको अनुसन्धानबाट मात्रै तिनको पोल खुल्छ । यतिबेला अख्तियारले अदालतमाथि मुद्दाको गहिराइसम्म नपुगेको आरोप लगाएको छ । यो सत्य हो भने भ्रष्टाचारले संस्थागत रूप लिइसकेको मान्नुपर्छ । तर कतिपय अवस्थामा भने अख्तियारको छानबिन नै अधुरो रहेको बुझाइ छ ।

एक जमानामा अख्तियारले भ्रष्टाचारजन्य कसुरमा दर्ता गरेका अभियोजनका करिब नब्बे प्रतिशतसम्म मुद्दा जित्ने गरेको थियो । तर पछिल्ला केही समययता हारजितको अवस्था आधा–आधामा आयो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लगातार मुद्दा हार्न थालेको आवस्थाले देशमा भ्रष्टाचारीहरूको विजय हँुदै गएको बुझाउँछ । कतिसम्म भने अख्तियारले आठ अर्बको बिगो दाबी गरेर दायर गरेका मुद्दाबाट पनि अभियोगीले सफाइ पाएका उदाहरण कायम भएका छन् । कालो बनाउने सन्दर्भमा ठेक्का पाए तर कुलोमा पानी पर्न नहुने अवस्था रहेका दृश्यहरूमा पनि ती अभियोगीले सफाइ पाए । यसमा अख्तियारको अनुसन्धानमाथि प्रश्न गर्ने हो कि अदालतको निर्णयमा भन्ने द्विविधा हुनेभयो नै । विज्ञहरूको भनाइ छ अख्तियारले गरेका अनुसन्धान नै त्रुटिपूर्ण छ । त्यही भएर मुद्दा हार्दै छ । भ्रष्टाचारीसँग मिलेर कमजोर प्रमाण लिएर विशेष अदालतमा मुद्दा लिएर गएको कारण अख्तियारले मुद्दा हारिरहेको छ । प्रहरीका अनुसन्धानमा यस्तो देखिन्थ्यो । तर यो रोग अख्तियारमा सरेको हो भने यसलाई दुर्भाग्य नै मान्नुपर्छ । तर यता अख्तियार भने आफ्नो अनुसन्धानलाई कमजोर मान्दैन । उसको दाबी छ, ‘विशेष अदालतले मुद्दा फैसलाका लागि लिएका आधारहरू नै गलत देखिए । अनुसन्धान कमजोर होइन । विशेषले मुद्दाका विषयमा लिएका कतिपय तर्कहरू हाँस्यास्पद छन् भने स्थापित नजिरविपरीत पनि । त्यही भएर मुद्दा हारेका छौँ । त्यसमा चित्त नबुझेपछि केही आधारहरू लिएर हामी धमाधम सर्वोच्चमा पुनरावेदन गरिरहेको छौँ ।

अदालतले आफ्नो कुरा कुरा अर्थात् फैसला के–कसरी आयो भन्ने कुरालाई हम्मेसी सार्वजनिक गर्दैन । त्यसकारण अख्तियारको यस्तो एकोहोरो आरोप मात्रै सत्य मान्न नसकिने हुन्छ । तर पछिल्लो समय अख्तियारले विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन जाँदा देखाएका कारणहरूमा आयोगको दाबी, विशेषको फैसला र आधार तथा आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरिएका आधारहरू देखाइएका छन् जसले एकातिर दाबी अर्कोतिर फैसला हुनेगरेको शंका गराउँछ । मान्यता के छ भने भ्रष्टाचारको जालो बलियो हुन्छ । भ्रष्टाचारका मुद्दाहरू यसअघि पनि शतप्रतिशत नै अदालतबाट सफाइ पाएका विवरण नआएका होइनन् । प्रधानन्यायाधीश बहालमै रहँदा उनले गरेका यस्ता फैसलाका फेहरिस्त सार्वजनिक भएकै हुन् । यसमा एउटा मान्यता के हो भने निर्दोषमाथि अभियोग लाग्नु हुन्न, उ, दोषी छ भने छुट्न पनि हुन्न । अख्तियार अदालत सबैतिर यो कुरा पुगोस् । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x