काठमाडौं । यो पटक आफ्नो मतदान गर्दा यसअघि जितेका र अहिले दोहोरिन खोजेका पात्रहरूले त्यो कार्यकालमा के गरे भन्ने कुरा हरेक मतदाताले एक पटक सोच्नुपर्ने हुन्छ । मत हाल्ने बेलामा ती पात्रका विगत कस्ता रहे र खासगरी आफैँले प्रतिनिधि भनी पठाएको संस्थामा आफ्नो मतको सम्मान गरे कि अपमान भन्नेसम्म एउटा आधार प्रस्तुत गर्छ । विगतमा रातो पासपोर्ट बेच्नेदेखिका धेरै हुने/नहुने काम भए । उनीहरूका दलले जारी गरेका घोषणापत्र आफ्नो ठाउँमा छन् । त्यस्ता घोषणा भनको समग्रताका हुन् । तर आफूले छानेको एउटा सांसदले नाकामका कामहरू गरिदियो भने त्यो जिल्ला र क्षेत्रको बदनामी हुन्छ जसमा आफ्नो पनि संलग्नता रहेको मानिन्छ । त्यस्तो मान्छेलाई नछानिएको भए यस्तो बदनामीको स्थिति आउने थिएन भन्ने आफूमा नै एउटा पछुतोभाव रहन्छ । मतदानका बेलामा अलिकति ध्यान दिइयो भने त्योे स्थिति आउँदैन । त्यसकारण यसलाई सतर्क हुने समय भनिएको हो ।
यो चुनाव संविधानसभाले घोषणा गरेको संविधानअनुसार दोस्रो कार्यकालका लागि हो । यसको अर्थ हो, पहिलेको अवस्था कस्तो थियो भनी आफूले मतदान गर्न आँटेको पात्रका बारे ती दोहोरिन खोजेका छन् भने तुलना गर्न सकिन्छ । गएको २०७४ मंसिरमा सम्पन्न चुनावअनुसारको संसद्को पहिलो कार्यकाल असोजमा सकिएको हो । त्यतिबेलासम्म आइपुग्दा यो कालले धेरै अनुभव प्राप्त गरेको छ । दुई पटक त यसको विघटन नै भयो । नेताहरूबाट जननिर्वाचित सदनलाई उपेक्षा गरिएको यो अवस्था दुःखद रूपमा लिनुपर्ने गरी रेकर्ड कायम भएको छ । अर्को हो संसद्मा सांसदहरूको उपस्थिति न्यून हुनु, जसले निर्धारित समयमा निर्धारित काम सम्पन्न हुन सकेनन् । ख्याल गर्नुपर्ने कुरा हो संसद्मा गणपूरक संख्या अर्थात् एक चौथाइको संख्या पनि उपस्थित नभएर बैठक सर्दै गएका विवरणहरू समाचारमा आइरहे । दुई सय ७५ सांसद भएको सभामा ७० जनाको संख्या पनि उपस्थित नभएका अवस्था समान्य होइन, जसले बैठक नै स्थगित हुँदै आए । सांसदहरूलाई पूर्णकालीन तलबभत्ताको व्यवस्था हुन्छ । त्यसो भए जनताले छानेका यी प्रतिनिधि किन अनुपस्थित भए त ? संसद्मा हाजिर भएपछि ती सांसदले ट्याक्सी भाडा एक हजार र बैठकभत्ता एक हजार गरी दिनको दुई हजार भत्ता पाउँछन् । यसबाहेक उनीहरूका तलब छँदैछ । जब संसद्मा कुनै काम हुनलाग्दा एक चौथाइ पनि सांसद हुँदैनन् यो संख्याभित्र कम्तीमा आफूले छानेको सांसद नहोस् भन्ने अभिलाशा राखियो भने त्यस्ता व्यक्तिहरू आफ्ना प्रतिनिधि हुँदैनन् । सबैको नभए पनि आफ्नो मतको त राम्रो उपयोग गर्न सकिन्छ नै ।
संसद्मा बोल्ने इमान्दार सांसदहरूले भन्दै आउने गरेका छन्– प्रधानमन्त्री र मन्त्रीहरू नै संसद्प्रति जवाफदेही भएनन्, प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था नै नहुने, सांसदले राखेको प्रश्नको जवाफ नदिने भएपछि हाजिर गर्दै हिँड्ने गरेका हुन्, यसैले पटक–पटक गणना गराउन माग गर्दै आइएको हुनुपर्छ । संसद् सचिवालयको अनुभव पनि ठीक छैन । एक पूर्वसचिवका अनुसार संसदीय दलहरूको भूमिका कमजोर देखियो, हाजिर गर्ने अनि बाहिर जान दिन भएन नि, प्रस्ताव निर्णयार्थ पेस गर्दा समेत कोरम नपुगेर बैठक स्थगित गर्नुपरेको देखेपछि आम मतदाताले सांसदलाई कसरी लिने ? सांसदको दायित्व नीति र विधि बनाउने हो । यो पूरा गरेको देखिएन ।
यहीँनेर भन्नुपर्छ, हामीले छाप लगाएको प्रतिनिधि त्यस्तो नहोस् । उच्चै स्तरको नेता भए पनि उसले आफ्नो दायित्व निर्वाह गरेको छ/छैन भनी मनैले सम्झने बेला यही हो । यो ठाउँमा मतदाता चुकेको अवस्थामा फेरि त्यही कुरा दोहोरिन्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- द्वन्द्वपीडितका घाउचोटको छिटो उपचार गर
- राष्ट्रिय गौरवका आयोजनाका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
- बैंकहरूलाई चुनौतीपूर्ण बन्दै निष्क्रिय कर्जा
- धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अन्तिम चरणमा
- सुन र चाँदीको भन्सार दर घट्यो
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया