काठमाडौं । देशका वयस्क नागरिकले पाँच वर्षमा एक पटक हाल्ने मतमा एउटा पनि बदर हुनु भनेको त्यो मतदाताको आफ्नो अधिकार प्रयोगको सम्पूर्ण प्रयास खेर गएको अवस्था । निर्वाचनसम्बन्धी मतदानको अघिल्लो दिनसम्म निरन्तर आइरहेका समाचारअनुसार एउटा मत हाल्न जाँदाको समय बाह्र घण्टासम्म लाग्ने गरेको भू–भागहरू पनि छन् ।
बढी संख्यामा मत बदर हुने ठाउँ पनि तिनै हुन् । यतिलामो दूरी पार गरेर बुथमा पुगेको एउटा मतदाताको मतले काम गरेन भने त्यो मतदाताको दोष होइन । त्यसलाई सिकाउन नसक्नु वा मतदान प्रक्रियालाई सबै नाउन नसक्नु हो । यसमा मतदाताको विश्वासमाथि पनि खेलवाड भएको मान्नुपर्छ । छिमेकी मुलुकमा केही पहिले छवटा राज्यमा यस्तो निर्वाचन हुँदा एउटा पनि मत बदर ।
यो गएको पुस/माघतिरको कुरा हो, त्यसपछि हामीकहाँ स्थानीय तहको निर्वाचन भयो । यो वैशाखको कुरा हो । यता भने करिब ५० प्रतिशतमा हिसाब हुनेगरी मत बदर भए । छिमेकीले गर्दा हुने कुरा हामीले किन गरेनौँ भन्ने प्रश्न उठ्ने भयो नै । एउटा मतदाता बुथमा पुगेर विधिवत् मत दिएपछि त्यो मत बदर हुनु भनेको सामान्य कुरा होइन ।
विगतका चुनावहरूमा के हुँदै आएका थिए भने मत पनि धेरै खस्ने र बदर पनि धेरै हुँदै आए । यो पटक त्यस्तो हुन नदिने अर्थात् बदरको संख्या एक प्रतिशतभन्दा माथि आउन नदिने भनेका छन् प्रमुख आयुक्तले । यसो हुनसक्यो भने यो सराहनीय काम हुनेछ । प्रमुख आयुक्तले किटान नै गरेर भनेको कुरालाई पत्याउनुपर्छ तर फेरि पनि त्यसको आधारचाहिँ भरपर्दो छैन । यो कुरा गणनापछि देखिने हो । प्रमुख आयुक्तको भनाइ छ, ‘यसपालि हाम्रो अपेक्षा मत बदरको संख्या १ प्रतिशत पुग्ने छैन । ९९ प्रतिशत मत सदर हुने विश्वास छ ।
विगतमा मतदान गर्न नजानेर मात्रै बदर भएको छैन, धेरै जानेर पनि बदर भएको छ । मतपत्रलाई कसैप्रतिको रिस पोख्ने माध्यमका रूपमा प्रयोग भयो कि भन्ने पनि हामीलाई लागेको छ । अहिले हामीले प्रस्ट निर्देशिकामा कुनै व्यक्ति मतदान कक्षमा गएर मतदान गर्दै गर्दा पनि क्रियाकलाप नियाल्न भनेका छौँ । अशोभनीय क्रियाकलाप देखियो भने निगरानी गर्न भनेका छौँ । फेरि मतदान गर्ने हक मतदाताको हो तर आफ्नो हक प्रयोग गर्दा निर्वाचनको स्वच्छतालाई असर पार्ने गरी नगरिदिनुहोस् । निर्वाचन स्वच्छ गराउने हाम्रो हक हो । अहिले स्थानीय तहको जस्तो एउटै मतपत्रमा धेरै चिह्न हुने अवस्था नभएकाले मत बदर हुँदैन ।’
मत बदरको संख्या एक प्रतिशतभन्दा कममा आयो भने वास्तवमा नै त्यो सधैँका लागि उदाहरणीय हुन्छ । आफ्नो मत बदर नहोस् भन्नका लागि मतदाताको आफ्नै सतर्कता पनि आवश्यक पर्छ जो मत हाल्ने क्रममा उम्मेदवार छानेजस्तै गर्न जरुरी हुन्छ । पछिल्ला दिनमा मतदाता शिक्षा कम भएको पनि एउटा कारण मानिएको छ । तर मतदाता शिक्षाका नाममा भएको खर्चको तुलनामा मत बदरको संख्याले यस्तो शिक्षालाई अनावश्यक नै ठहर गरिसकेको छ ।
अबको आवश्यकता भनेको आधुनिक प्रविधितर्फको फड्को हो । आयोगले यो निर्वाचनलगत्तै आफ्नो ध्यान त्यता लगाओस् ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया