कोरोना भाइरसको संक्रमणका कारण अहिले विश्वभर सन्त्रास फैलिएको छ । यसको सन्त्रासबाट नेपाल पनि अछुतो रहने कुरै भएन । त्यसमा पनि उत्तरी क्षेत्रमा रहेको विशाल छिमेकी राष्ट्र चीनबाट कोराना भाइरसको संक्रमण सुरु भएको र विशाल दक्षीणी छिमेकी भारतमा पनि फैलिएको अवस्थामा नेपालमा कोरोना भाइरसको संक्रमण भएको नभेटिए पनि चीन र भारतमा भन्दा कम सन्त्रास छाएको छैन ।चारैतिर भारत र चीनले घेरिएको अशिक्षित, गरिब र बेरोजगारले भरिएको सानो हिमाली मुलुक नेपाल दैनिक उयभोग्य सरसामानमा चीन र भारतमै निर्भर रहेको यथार्थ हाम्रासामु छ । कोरोना कहरका कारण विगत दुई महिनादेखि हिमाली गल्छेडामा खोलिएका व्यापारिक नाका बन्द गरिएका छन् । चीनले नेपालसँग नाका एकातर्फी रूपमा बन्द गरेपछि नेपालको बन्द व्यापार भारततर्फ नै निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको छ । चीनबाट व्यापारिक सामान झिकाएर बिक्री गर्ने व्यापारीहरू अब बैंकको किस्तासमेत तिर्न नसक्ने अवस्थामा पुगेका छन् । अहिले नै बजारमा सामान सकिएको होइन, उपभोक्ता नै दैनिक अत्यावश्यक उपभोग्य वस्तु दाल, चामल, ग्यास र औषधि खरिदतर्फ केन्द्रित भएका छन् । उभोक्ता जे–जस्ता सामान खरिदतर्फ आकर्षित भएका छन् । ती सामानमा कालोबजारी सुरु भइसको कुरा बाहिर आएको छ ।
सामानको कृत्रिम अभाव सिर्जना गर्ने र मनपरी मूल्य वृद्धि गरी खटाएर सामान दिने प्रवृत्ति बढेको छ । यसलाई रोक्न सरकारले कुनै ठोस पहल कदम चलाएको छैन । यस्तो असहज परिस्थितिमा कालोबजारी गर्ने गिरोह सत्ता र कर्मचारी प्रशासनसँग अपरिचित छैन । जहिले मुलुकमा अफ्ठ्यारो अवस्था आइपर्छ, त्यो गिरोह सक्रिय हुन्छ र उपभोक्तालाई मनपरी ठग्छ । सधैँ यसरी ठग्ने गिरोहलाई सरकारले कहिल्यै पनि ठोसरूपमा कारबाही गरेर त्यसो गर्न रोक्ने गरेको छैन । सरकारको त्यही लचिलोपनको कारण गिरोहले मुलुकमा अफ्ठ्यारो अवस्था आउनेबित्तिकै टाउको उठाएर निर्वाधरूपमा कालोबजारी गर्दै आएको हो । सरकार जनताप्रति उत्तरदायी नभएको र जनताको समस्याप्रति संवेदनशील नभएकाले यस्तो अवस्था दोहोरिँदै आएको हो । यसमा सरकार सचेत भएर कालोबजारीप्रति निर्भय हस्तक्षेप गर्नु नै जनताको हित ठहर्नेछ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- नबिल एसएसईको वार्षिकोत्सव
- कृषि विकास बैंकको मेलम्ची शाखाको सहयोग
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अली पे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
- कांग्रेसको सयदिने अभियान सुरु
- ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, एकको अवस्था गम्भीर
- मलको अभाव हुँदा खेती गर्न समस्या
- मकवानपुरमा सुतिरहेका साथीको साबेल प्रहार गरी हत्या
- सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया