काठमाडौं । आउदो पाँच वर्षको संसद् यदि सहीरूपले व्यवस्थापन गर्न सकिएन भने इतिहासकै बढी अस्थिर र त्यसबाट निर्मित सरकारले पनि इतिहासकै बढी अस्थिरता व्यहोर्नुपर्ने संकेतहरू प्रकट हुन थालेका छन् । संसद्मा जति बढी दलले प्रवेश पाए त्यति नै अस्थिर हुन्छ भन्ने सोचाइअनुसार संविधानमा राष्ट्रिय मान्यता पाउन निश्चित प्रतिशतको सीमा अर्थात् ‘थ्रेसहोल्ड’ राखिएको थियो । विगतको भन्दा यो पटक त्यस्तो थ्रेसहोल्ड कटाउने र नकटाउने गरी संसद्मा १२ वटा दलले प्रवेश पाएका छन् भने पाँच जनाको स्वतन्त्रहरूको संख्या वा समूह अर्को शक्तिका रूपमा संसद्मा पुगेको छ । स्वतन्त्रहरू संगठित भए भने त्यो पनि एउटा दलभन्दा भिन्न हुने छैन । जसले गठबन्धन सरकारको नेतृत्व गर्ने हो उसका लागि दलभन्दा स्वतन्त्रहरूको यो संख्या बढी सहयोगी र उपयोगी हुनुपर्छ । दलले खोज्नेजस्तो यिनलाई कुनै सर्त नचाहिन सक्छ ।
प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको सोह्रौँ दिन आयोगले सम्पूर्ण मतपरिणाम गनिसकेको छ । त्यसअनुसार यो संसद्मा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व हुनेछ । प्रत्यक्षमा न्यूनतम एक सिट र समानुपातिक तीन प्रतिशत मत ल्याएर सातवटा दल राष्ट्रिय पार्टी बन्न सफल भएका छन् भने बाँकी पाँचवटा राष्ट्रिय पार्टी नबने पनि एउटा शक्तिका रूपमा रहने भए । उदाहरणका लागि प्रत्यक्षमा १० वटा सिट जितेको दलले राष्ट्रिय मान्यता त पाएन तर कुनै पनि सरकारलाई निर्णायक संख्या पु¥याउन यसको हात ठूलो हुनेछ ।
यो निर्वाचनबाट प्राप्त भएको अन्तिम परिणामअनुसार कांग्रेस प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी ८९ सिटसहित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलमा दर्ज भयो । पाँच वर्षअघिको निर्वाचनमा यो दल दोस्रो थियो । त्यो निर्वाचनमा पहिलो बनेको दल एमाले भने यो निर्वाचनमा प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ गरी ७८ सिटमा झरेको छ ।
निर्वाचनले कुनै पनि दलका हैसियतमा कसरी फेरबदल गर्छन् भन्ने यो सबैभन्दा पछिल्लो उदाहरण हुनुपर्छ । यी दुवै दल आ–आफ्ना प्रकारले गठबन्धन गरी चुनाव लडेका थिए । प्रत्यक्षमा १८ सिट जितेको माओवादीले समानुपातिकबाट १४ सिट थपेर ३२, पहिलो पटक निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षमा सात र समानुपातिक १३ गरी २०, राप्रपा प्रत्यक्षमा सात र समानुपातिकमा सातसहित १४ जनता समाजवादी पार्टी १२, जनमत पार्टी छ गरी राष्ट्रियमान्यताका दल हुन् जसको संख्या सात छ ।
प्रत्यक्षमा १० सिट जितेको एकीकृत समाजवादी पार्टीले तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेन । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ति पार्टी तीन, नेपाल मजदुर किसान पार्टी र जनमोर्चा प्रत्यक्षमा एक/एक सिट जितेर संसद्मा प्रवेश गरेका छन् । यसमै पर्छन् स्वतन्त्र पाँच जना । यतिबेला पाँचदलीय सत्ता गठबन्धनलाई बहुमतका लागि एक सय ३८ सिट चाहिनेमा एक सय ३६ सिट मात्र पुगेको अवस्था छ भने प्रमुख प्रतिपक्षी दलको गठबन्धनमा पनि कुल सिटसंख्या एक सय ४ मात्रै पुग्छ ।
यो विवरणले नै बताउँछ संसद्मा सांसदहरूको अंक गणित अर्थात् टाउको गन्ने खेल यसरी प्रवेश भएको छ । निर्वाचनपछि पहिलो सरकार बनाउने सन्दर्भको हिसाब हो यो, जो संसद्को यो कालखण्डभरि नै यही संख्या यता वा उता गरिरहने हुनसक्छ । त्यसैकारण यसलाई संसद्मा शक्ति र संख्याको खेल सुरु भएको मानिएको हो ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया