काठमाडौं । करिब एक वर्षदेखि प्रकट हुन छाडेको कोरोनाको महामारी फेरि एक पटक चर्चामा आएको छ । यसै हप्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन विज्ञप्तिमार्फत सन्देश दियो । यसको अर्थ नेपालमा फेरि कोरोनाको जोखिम बढेको बुझ्न सकिन्छ । यद्यपि सतर्कता अपनाउन सरकारले अपिल गरेको भन्दैमा कोरोनाको महामारी फैलिन लागेको भन्ने नहुन सक्तछ । तर विगतको उदाहरण छ हेलचेक््रयाइँ भयो भने यसको क्षति धेरै ठूलो हुन जान्छ । नेपालमा बेसार मिसाएको तातोपानी खाएर र अम्बाको पात उमालेर कुल्ला गरेमा कोरोनाले छुँदैन भनी प्रधानमन्त्रीले पटक–पटक सुझाए पनि यही देशमा १२ हजारको संख्यामा यो महामामारीबाट ज्यान गयो । यो ठाउँमा प्रधानमन्त्रीको भनाइ किन उद्धरणमा आयो भने यो महामारीलाई यति उच्चतहबाट नै यसरी हेपिँदा देशले ठूलो मानवीय क्षति व्यहोर्नुपरेको अवस्था बिर्सनयोग्य छैन भन्नका लागि हो । पछिल्लो समय यो महामारी विस्तार नै होला भन्ने सङ्केत देखिएको छैन तर कुनै भूगोलको सीमाबाट नछेकिने यो रोगले नेपाललाई घेरा हाल्न थालेको चाहिँ बुझ्न सकिन्छ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पछिल्लो समय छिमेकी देशहरू चीन र भारतमा संक्रमण बढ्न थालेको बताएको छ । स्वाभाविक छ त्यसको प्रभाव नेपालमा पनि पर्छ नै । पहिले पनि त्यस्तै भएको थियो । तीन वर्षअघि २०७६ माघमा नेपालमा पहिलो संक्रमण भेटिएको हो । ती व्यक्ति भर्र्खरै चीनबाट नेपाल आएका थिए । चीनमा त्यो वर्षको पुसमा यस्तो संक्रमण प्रकट भएर फैलिएको थियो जो केही समयमा नै विश्वव्यापी भयो । नेपालमा त्यसबेला कोरोना संक्रमण फैलिनुको कारण भारतसँगको खुला सीमा रहेको भन्ने रिपोर्ट थियो । त्यो सत्य पनि थियो । त्यसबेला नेपालमा कोरोना संक्रमण फैलिनुको कारण भारतसँगको खुला सीमा हो भने त्यो अहिले पनि विद्यमान नै छ । त्यसकारण पनि नेपालमा अबका दिन बढी सतर्कतायुक्त रहनुपर्ने भनिएको हुनुपर्छ । सतर्कता अपनाउँदा संक्रमित हुनबाट जोगिएका देशहरू पनि थुप्रै छन् । त्यसबेला अमेरिकाले यसलाई केही होइन भन्दा ठूलो मानवीय क्षति व्यहोर्नु परेको थियो । मन्त्रालयले जनाएअनुसार ओमिक्रोनको नयाँ सबभेरियन्ट ‘बीएफ–७’ का कारण पछिल्लो सातायता विभिन्न देशहरूमा संक्रमण बढिरहेको छ । नेपालमा भने सो भेरियन्ट भेटिएको छैन । तर यसो भनेर चुपचाप बस्ने अवस्था पनि हुँदैन । स्वास्थ्य मन्त्रालयका अनुसार गएको महिना देशभरिबाट सङ्कलित ४८ वटा नमूनाहरूको जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोनको १७ वटा सवभेरियन्ट पुष्टि भयो तर नयाँ प्रजातिको रूपमा देखापरेको ‘बीएफ–७’ भने फेला परेको छैन ।
आवश्यकता सतर्कताको हो । शंका लागेमा तत्कालै परीक्षण गर्ने व्यवस्था मिालाइएमा मात्रै पनि संक्रमणले फैलन पाउँदैन । त्यसकारण परीक्षणलाई सहज र सुलभ बनाइनु पर्छ । हुनसक्छ भने यो निःशुल्क नै गरियोस् । विज्ञहरूका अनुसार यसको परीक्षणमा प्रयोग हुने वस्तुहरू धेरै नै सस्ता भएका छन । सुरुमा सात/आठ हजारसम्म लागेका वस्तु अहिले एक/डेढ सयमा नै उपलब्ध भइरहेको छ । योअनुसार सरकारले मूल्य तोकेर परीक्षणको व्यवस्था गर्ने हो भने नेपाल प्रवेश गरे पनि यो नियन्त्रणमा नै रहनेछ । यो ठाउँमा केवल सरकारको तत्परता आवश्यक पर्छ ।
विगतका अनुभव छन्, एउटा अक्सिजनको व्यवस्था नगरिँदा एउटै अस्पतालमा एकैदिन १५/२० जनाको ज्यान गयो । यता उपचारको बन्दोबस्तीमा व्यापक भ्रष्टाचार भए । यो कुरालाई सरकारले मनन गर्नुपर्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया