दुर्घटना जुनसुकै हुन् ती अति दुःखद नै हुन्छन् । दुर्घटना हवाई हुन् कि स्थलमार्ग त्यसले लिने मान्छेको ज्यान नै हो । संख्यामा तलमाथि होलान् । राज्यले भने हवाई र स्थलमार्गको दुर्घटनालाई विभेदपूर्णरूपले लिने गरेको छ । पछिल्लो समय माघे संक्रान्तिको दिन पोखरामा भएको विमान दुर्घटना नेपालको इतिहासमा आन्तरिकतर्फको अहिलेसम्मकै ठूलो दुर्घटना हो । दुर्घटनामा परेको यती एयरको यो विमान जो काठमाडौंबाट पोखराका लागि चालकदलका चार जना, १५ विदेशीसहित ७२ जना सवार थिए सबैको मृत्यु भयो । उडानको हिसाबले सबैभन्दा छोटो थियो । २५ मिनेटमा गन्तव्य विमानस्थलमा अवतरण भइसक्नुपर्ने तर अवतरण हुनुभन्दा एकाध मिनेटकै समयमा दुर्घटनामा प¥यो । कतिपय प्रत्यक्षदर्शीहरूले बताएअनुार आकाशमै विमान असन्तुलन भएको थियो । यो उनीहरूका नाङ्गा आँखाले देखेका विवरण हो । छानबिन हुँदै छ र कारण पनि खुल्दै जाला ।
यो घटनामा सरकार भने कताकता आफैँ असन्तुलितजस्तो देखियो । यो खबर आएपछि प्रधानमन्त्री आफैँ गृहमन्त्रीसहितको टिम लिएर खबर बुझ्नका लागि यो विमानले उडान भरेको विमानस्थल पुगे । उद्धारदेखिका अरु जानकारी लिनुपर्ने टावरका मान्छे प्रधानमन्त्रीको खातिरदारीमा लाग्न प¥यो । त्यसपछि अर्को समाचार आयो प्रधानमन्त्रीको यो टोली दुर्घटनास्थलको स्थलगत अध्ययनका लागि पोखरा विमानस्थल आउने भन्ने । त्यसका लागि हेलिकोप्टर बालुवाटार निवासमा लगियो पनि । यसमा चाहिँ क–कसले हो सद्बुद्धि दिएछ र तय भएको उच्चस्तरको यो भ्रमण कार्यक्रमले उद्धारमा नै बाधा पुग्छ भनेर रोकियो । त्यसै पनि यो उद्धारस्थललाई नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो ।
त्यस्तो बेला यो टोली थपिएको भए के हुन्थ्यो भन्ने अनुमान गर्न सकिन्छ । यही क्रममा सरकारले अर्को निर्णय गरिदियो । शोक मनाउनका लागि भनेर माघ २ गते सोमबारका लागि सार्वजनिक बिदा घोषणा गरिदियो । कुनै पनि दुर्घटना आफैँ दुःखद हो । त्यसमाथि यो ठूलो संख्याको हताहत भएको अवस्था पनि हो । तर जे भए पनि यो एउटा दुर्घटना नै हो । त्यसका लागि शोक मनाउन राष्ट्रिय बिदा दिनुपर्ने नै थियो त ? के त्यसले उद्धारकार्यमा थप साथ दियो कि शोकसन्तप्त परिवारलाई राहत दियो भन्ने प्रश्न आमतहमा नै खडा भएको अवस्था छ ।
सडक, रेलमार्ग, जलमार्ग वा हवाईमार्ग जुन मार्गमा दुर्घटना भए पनि यदि मानवको क्षति हुन्छ भने त्यो मानवजीवन सबैको समान हो । हवाईजहाज दुर्घटना हुँदा सार्वजनिक बिदा दिने र रेलमार्ग, जलमार्ग वा सडक दुर्घटना हुँदा मानवको मृत्युपछि बिदा नदिने हो भने सवारीसाधन चढ्ने औकातअनुसार मानवीय जीवनलाई वर्गीकरण गरेको जस्तो हुनेछ । यसरी सरकारले विभेदवारी नीति लिनु हुँदैन । सबैलाई समान व्यवहार गर्नुपर्छ । बिदा दिँदा मृतात्मप्रति श्रद्धाञ्जली हुने र बिदा नदिँदा श्रद्धाञ्जली नहुने होइन ।
सरकारको काम यस्ता दुर्घटना हुनै नदिने गरी व्यवस्थापन गर्ने हो । यसै त नेपालमा धेरै सार्वजनिक बिदा छ अझ यस्ता बिदा थप हुँदै जाने हो भने बिदाको दुरूपयोग मात्र बढ्नेछ । सोमबार सरकारले सार्वजनिक बिदा दिए पनि काठमाडौंका सडकमा सरकारी गाडीहरू प्रशस्त गुडेको थिए । दुर्घटनामा पर्नेहरूको ज्यान त गयो तर सरकारले बच्नेहरूको काम पनि सहजरूपमा गरिदिएन । सरकारी साधन र स्रोतको मात्र दुरूपयोग गरिदियो । यस्तो दुरूपयोग रोक्नुपर्छ । दुरूपयोग रोक्नु नै मृत आत्माप्रति सच्चा श्रद्धाञ्जली व्यक्त गर्नु हो ।सम्पादकीय
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया