काठमाडौं । नेपालको खासगरी आर्थिक क्षेत्रको दीर्घरोग नै नीति बनाउने तर त्यसलाई सफल बनाउन आवश्यक वातावरण अर्थात् बन्दोबस्ती नजुटाउने देखियो । यो कुरामा परिवर्तन नआउन्जेल वा नगरिउन्जेल जस्तासुकै प्रतिबद्धता आए पनि तिनले काम नगर्ने नै देखियो । यो कुनै एउटा क्षेत्रमा मात्रै होइन सबैतिर फैलिएको अवस्था प्रकट हँुदै छ । आर्थिक क्षेत्रमा भएको यस्तो विचलनले जनजीवनको तल्लोस्तरसम्म प्रभाव पार्ने हुँदा यो क्षेत्र बढी चर्चामा र चासोमा आएको हुनुपर्छ । जस्तो देशमा कृषि उत्पादन बढाएर आयातलाई प्रतिस्थापन गर्ने भनी नीति बनाइयो । तर त्यो कृषिले आफ्नै देशभित्र बजार पाएन । केही समयअघि किसानले यस्तो दर्दनाक अवस्थाको बोध गराउन सडकमा तरकारी फाले । तर त्यसदिन प्रमुख बनेको यो कुरा त्यसपछि समाचारको विषय समेत हुन छाड्यो । यता विषादीका मात्रा प्रचुर भएका तरकारी विनापरीक्षण नै नाकाबाट भित्रिरहे ।
नीति कस्तो छ भन्ने एउटा उदाहरण पछिल्लो हप्ता मात्रै प्रकट भएको छ । त्यो हो, काठमाडौंको तरकारी बजार । उता नाकामा विषादी परीक्षण नगर्नू भनी निर्देशन जान्छ र यता सरकार कालीमाटीको तरकारी बजारमा विषादी परीक्षण गर्न थाल्छ । यस्ता उदाहरण धेरै छन् जसले सरकारी नीति खेलाँचीमा परिरहेका हुन्छन् । त्यसैमा पर्छ सरकारको निर्यात बढाउने र व्यापारघाटा घटाउने भन्ने नीति पनि । करिब दुई दशकअघि नेपाल विश्व व्यापार संगठनमा प्रवेश गरेको थियो । त्यसबेला यस्तो प्रवेशले नेपालको खासगरी व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउने भनेर प्रचार गरिएको थियो । त्यसैमा आएको थियो निर्यातलाई व्यापकरूपमा वृद्धि गर्ने भन्ने कुरा । विश्व व्यापार संगठनमा प्रवेश गरेपछि निर्यात बढाउन सजिलो हुन्छ भनिएको थियो । त्यो स्वाभाविक पनि होला तर निर्यात बढाउन पहिले निर्यात हुने वस्तुको पहिचान र त्यसको उत्पादन बढ्नुपर्ने हुन्छ । दुई दशकको यो अवधिमा त्यस्तो उत्पादन बढाउनेतर्फ कुनै चासो देखिएन । त्यसको उदाहरण हो, देश पछिल्ला दिन थप आयातमुखी बन्दै गएको अवस्था आउनु ।
गएको हप्ता काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो । त्यसमा विज्ञहरले जस्तो अनुभव राखे सरकारले त्यसलाई मात्रै ध्यान दिए पनि केही उपलब्धि हुने थियो होला । यो कार्यक्रममा विज्ञहरूले विश्व व्यापार संगठनमा प्रवेश गरेको लामो समय बित्दा पनि नेपाल थप आयातमुखी हुनुको कारण पहिल्याएर उचित नीति लिन सुझाव दिएका थिए । सन् २००४ मा विश्व व्यापार संगठनमा आबद्ध भएपछि निर्यात बढाउन अपनाइएका धेरै नीतिहरू असफल भएका देखिएको विज्ञहरूको बुझाइ रह्यो । निर्यात बढाउन चाहिने पहिलो नीति हो उत्पादकत्व बढाउनु । उत्पादकत्व बढाउन आवश्यक व्यवस्था हुनुपर्छ । देशले लामो समयदेखि मल र बीउ समेत दिनसकेको छैन । यो एउटा उदाहरण मात्रै हो । नेपालबाट बढी निर्यात हुने वस्तु कृषि नै हो । तर त्यसको हविगत उल्लेख गरीसाध्य छैन । यो कार्यक्रमा पनि यो कुरा उठ्यो । इन्डियन इन्स्टीच्युट अफ म्यानेजमेन्ट एकेडेमी, बेंगलोरअन्तर्गत साउथ एसिया बोर्ड एकेडेमी अफ इन्टरनेसनल बिजनेसका अध्यक्ष प्राध्यापक डा. रघुनाथ सुब्रमन्यमको भनाइलाई सरकारले ध्यानमा राख्नुपर्छ । उनका अनुसार नेपालमा उत्पादन घट्दै र आयात बढिरहेको अवस्था आउनु दुःखद हो । अहिलेको सुझाव हो, सरकार यो कुराप्रति गम्भीर बनोस् र त्यसअनुसर कार्यक्रम ल्याओस् । ध्यान रहोस् अबको दुई महिनापछि बजेट आउँदै छ ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- एनपिएल: सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन
- शान्ति प्रक्रिया टुङ्ग्याएर नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँ: अध्यक्ष दाहाल
- दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेस
- भारतसँग व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह
- मापदण्डविपरीत गरेका कर्मचारी सरुवा सच्याउन निर्देशन
- विष्णुमती कोरिडोरको टहरामा राखिएका ८२ पसल हटाइयो
- महिला खेलाडीको सफलतामा बजेटको अभाव
- भूगर्भमै सीमित बागलुङका तामा खानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया