गएको शुक्रबार प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा लामो दूरीका यात्रुवाहक बस अर्थात् यातायात रोकेको घोषणा गरे तर यसमा आन्तरिक हवाइ यात्रा भने सुचारु नै रह्यो । त्यसबारे कुनै प्रतिबन्ध नलागेको अवस्थाले पनि यो कुरा बुझाउँछ । यसको अर्थ हो अब देशका विभिन्न भूभागमा जोड्ने एउटै मात्र माध्यम कायम रह्यो हवाइ यात्रा । सरकारले यो यात्रामा संलग्न मान्छे र यात्रा गराउने माध्यम उच्चतहका सेवाप्रदायक मानेर होला खुल्ला गरे पनि तिनैले त्यस्तो व्यवहार भने देखाउन सकेनन् । आधुनिक मानेका यात्राका यी माध्यमहरु पछिल्लो समय यात्रु ठग्ने निर्बाध माध्यम बनेका विवरणहरु आउनथालेको अवस्था देखिएको छ । संकटका बेला एयरलाइन्स कम्पनीहरुको यो ब्रह्मलुटको रिपोर्टमा तेब्बरसम्म भाडा वृद्धि गरिएका विवरणहरु प्रकाशित भएका छन् । पछिल्लो समय हवाइ इन्धनको मूल्यमा व्यापक कटौती भएपछि प्रचलित भाडादर घट्ला भनी मानिएकोमा त्यसमा वृद्धि हुनु संकटका बेला लुट्न खोजिएको अवस्था मान्नुपर्छ ।
यसअघि मान्छेहरुले राजधानी छाड्ने भीड लाग्न थालेपछि लामो दूरीका यातायात व्यवसायीले यसरी नै महंगो शुल्क असुल्न थालेका थिए । त्यस्ता बसका हरेक टिकट काउन्टरमा टिकट लुकाएर कालोबजारी गर्नेहरुले यात्रुलाई अप्ठ्यारोमा पारेर बढी असुल गरेका अवस्था यतिबेला एयरलाइन्समा प्रकट हुनथालेको छ । स्थिति कतिसम्म भने दुई मिनेटअघि तोकिएको मूल्यमा टिकट लिन खोजिँदा त्यसको मूल्य बढेको अवस्था पाइएको यात्रुहरुको गुनासो आएको छ । हवाइ टिकट ग्यास र अन्य खाद्य सामग्रीजस्तो कालोबजारीयाका लागि खुला हुन आफैँमा असामान्य नै हो । त्यसै पनि देश सन्त्रासमा गुज्रिरहेको छ । यस्तो बेला देशको एउटै मात्र यातायातको साधन अर्थात् आवतजावतका लागि विकल्पविहीन अवस्थामा रहेको यस्तो साधनमा मनपरी हुनथालेमा त्यो पीडादायी नै हो । विपत्को मौका छोपी जसले पनि लुट गर्नुपर्छ ? भन्ने प्रश्न पनि यो प्रकरणले उब्जाएको छ ।
गएको हप्तादेखि सरकारले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेपछि त्यसै पनि राजधानी छोड्नेहरुको संख्यामा भारी वृद्धि हुनथालेको थियो । त्यसमाथि सर्वसाधारणका यात्राका लागि सुगम माध्यम बसहरु बन्द गरेपछि हवाइ यात्रा बाध्यात्मक हुनपुगेका अवस्था हो । यतिबेला त्यसैमाथि खेलबाड भएको बताउँछन् यी विवरणले । यस्तो बेला नागरिकलाई बरु सहुलियत दिएर यात्रालाई सहज बनाइदिएका भए हवाइयात्राको व्यवस्था गर्नेहरुको विशिष्ट स्वभावको सधैँका लागि कदर हुने थियो । तर त्यसको उल्टो यही मौकामा एयरलाइन्स कम्पनीहरुले अतिरिक्त नाफा कमाउन खोजे । यो आपत्तिजनक छ । कुनै पनि क्षेत्रले आजको अवस्था नाफा गर्ने होइन सेवा गर्ने हो भन्ने सन्देश दिनुपर्ने ठाउँमा यस्ता काम हुनु दुःखद हो । बढी असुलिएको भाडादर पनि निकै रहेको पाइयो । जस्तो काठमाडौँदेखिका मोफसलका जिल्लामा पहिला नियमित हवाइ भाडादर औसतमा पाँच हजार रुपैयाँ रहेको र यो भाडादर पनि कुनै बेला घटेर ४ हजारसम्म पुग्ने गरेको अवस्थामा यतिबेला त्यसमा बढेर ६ हजारसम्म पुगेको उपभोक्ता यात्रुहरुले जानकारी दिएका छन् ।
यतिबेलाको हवाइयात्रा कस्तो छ भने कतिपय अवस्थामा यो नगरी नहुनेमा पर्छ । नेपालमा सरुवा रोगको उपचार हुने एउटैमात्र अस्पताल राजधानीमा छ । परीक्षण पनि त्यहाँमात्र हुन्छ । मुलुकका पूर्वदेखि पश्चिमसम्मका मान्छेहरुमा यस्तो रोग लागेमा त्यस्तो अस्पतालमा नै उपचार गर्न जान चाहन्छन् जो स्वाभाविक पनि हो । त्यस्तो बेला अरु समयजस्तो स्थलमार्गको विकल्प नरहेको अवस्था हो यो । आफ्नो निजी साधन नभएका साधारण व्यक्तिले कुनै वाहन रिजर्भ गर्न सक्दैन् । त्यस्तो बेला हवाइमार्गको भाडादर सरल भए यस्तो संकटका बेला यो क्षेत्रले गरेका सेवाभाव नै मानिने थियो सुलभ भाडादर । तर त्यसको उल्टो भयो । भाडाको यस्तो वृद्धि संस्थागत होइन भने सम्बन्धित पक्षले छानबिन गरेर सहज हुने गरी नियन्त्रणमा ल्याउनुपर्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- परराष्ट्रमन्त्री डा. आरजु राणा चीन प्रस्थान
- टीभीएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक
- माउन्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने
- एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार दिने
- द क्लिफ बन्यो उत्कृष्ट करदाता
- नबिल एसएसईको वार्षिकोत्सव
- कृषि विकास बैंकको मेलम्ची शाखाको सहयोग
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अली पे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया