चुक्ता पुँजी बढ्दैमा वित्तीय क्षेत्र सबल हुुँदैन
वित्तीय क्षेत्रको सवलतलाई चुक्ता पुँजीसँग जोडेर हेर्ने गरिएको छ । तर, वित्तीय क्षेत्रको सबलताको लागि चुक्ता पुँजी मात्र सबै कुरा होइन । नेपाल राष्ट्र बैंकले बासेल ३ को कार्यान्वयनका क्रममा बैंक तथा फाइनान्स कम्पनीहरूलाई चुुक्ता पुँजी वृद्धिको लागि बाध्यकारी व्यवस्था गरेको थियो । सोही व्यवस्थाबमोजिम तत्कालीन समयमा दुुई अर्ब रूपैयाँ चुक्ता पुँजी भएका वाणिज्य बैंकहरूले चुक्ता पुँजी बढाएर आठ अर्ब रूपैयाँ पु¥याए । यसैगरी ६४ करोड रूपैयाँ चुक्ता पुँजी भएका राष्ट्रियस्तरका विकास बैंकहरूले पनि चुक्ता पुँजी बढाएर दुुई अर्ब रूपैयाँ पु¥याए । यसबीचमा २० करोड रूपैयाँ चुक्ता पुँजी भएका फाइनान्स कम्पनीहरूले पनि आफ्नो चुक्ता पुँजी बढाएर ८० करोड रूपैयाँ पु्¥याए । अहिले २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २४ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीसहित ७३ वटा संस्थाहरूको कुुल चुक्ता पुँजी तीन खर्ब २४ अर्ब १७ करोड ५० लाख रूपैयाँ पुुगेको छ । वित्तीय क्षेत्रको यो चुक्ता पुँजी चालुु आर्थिक वर्षको माघ मसान्तसम्म कायम भएको हो ।
गत आवको सोही अवधिमा अर्थात माघ २८ वटा वाणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी ३३ वटा विकास बैंक र २४ वटा फाइनान्स कम्पनीहरूसहितका ८५ वटा संस्थाहरूको कुुल चुक्ता पुँजी दुुई खर्ब ९८ अर्ब ७३ करोड ५९ लाख रूपैयाँ रहेको थियो । विगत दुुई आर्थिक वर्षको तुुलना गर्दे वित्तीय क्षेत्रको चुुक्ता पुँजी निकै बढेको देखिएको छ । तर, यो अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी बढेको भए पनि कर्जा तथा लगानीको विस्तार भने हुुन सकेको छैन । चुक्ता पुँजी बढेको आधारमा बैंकिङ क्षेत्रको कर्जाको दायरा बढेको छैन । बैंकिङ क्षेत्रको नाफा बढेको छैन । पछिल्लो समय बैंकिङ क्षेत्रको चुक्ता पुँजी बढे पनि वित्तीय क्षमता नबढ्दा जुुनरूपमा बैंकहरूको नाफा बढ्नुु पथ्र्योे त्यो रूपमा नाफा बढ्न सकेको छैन । अर्कोतर्फ बैकिङ क्षेत्रमा वित्तीय स्वस्थता बढ्ने सकेको छैन भने अर्कोतर्फ प्रतिस्पर्धात्मक क्षमता पनि बढ्न सकेको छैन । यो अवस्थामा वित्तीय क्षेत्रको चुक्ता पुँजी बढेकै आधारमा वित्तीय क्षेत्र सवल भयो भन्नुु मुुर्खता हुुनसक्छ । चुक्ता पुँजी बढाउनको लागि धेरै वटा बैंक तथा फाइनान्स कम्पनीहरू मर्जर तथा प्राप्ति सामेल भए । यसले गर्दा बैंक तथा फाइनान्स कम्पनीहरूको संख्या घट्यो । तर, संख्या घटे पनि राष्ट्र बंैकको नियमनकारी भूमिका बलियो हुुन सकेको छैन । वित्तीय क्षेत्रमा संस्थागत सुशासनको पक्ष कमजोर बन्दै गएको छ । यो अवस्थामा वित्तीय क्षेत्रको सबलताको लागि वित्तीय क्षेत्रको व्यवस्थापन पक्षको बलियो हुुनुुपर्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- टीभीएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक
- माउन्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने
- एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार दिने
- द क्लिफ बन्यो उत्कृष्ट करदाता
- नबिल एसएसईको वार्षिकोत्सव
- कृषि विकास बैंकको मेलम्ची शाखाको सहयोग
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अली पे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
- कांग्रेसको सयदिने अभियान सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया