काठमाडौं । सरकारी जमिन उपयोग गरेको होटल हायात रिजेन्सीले सरकारको सेयर खुम्च्याउँदै सम्झौता गर्दाका सर्तहरु पनि उल्लङ्घन गर्दै गएको छ । उक्त होटललाई जग्गा लिजमा दिने विषय नवीकरण गर्दा केही वर्षअगाडि विवाद भए पनि त्यो त्यत्तिकै सेलाएर गएको थियो । सम्झौतामा सरकारलाई तल पार्दै होटल व्यवस्थापनलाई माथि पारिएको भनेर विवाद उठेको थियो । त्यसबारेमा संसद्को समितिमा समेत प्रश्न उठेको थियो ।
अहिले होटलले नोक्सानी हुनेगरी आसामी अपलेखन गरेको मात्र होइन सरकारी जग्गाको उचित संरक्षण पनि गरेको छैन । अनधिकृतरुपमा सडक खोलेको छ भने सम्झौताअनुसार सांस्कृतिक पर्यटन केन्द्र बनाएको छैन । आपसी सहमतिसम्म नगरी तारागाउँ विकास समितिको सेयर स्वामित्व घटाएर ९ दशमलव शून्य एक प्रतिशत कायम गरिएको छ । होटलको सञ्चालक समितिमा तारागाउँ विकास समितिबाट तीन जना प्रतिनिधि हुनुपर्नेमा एकमा झारिएको छ भने सरकारले अहिलेसम्म सात करोड २३ लाख मात्रै लाभांश पाएको छ । सेयर स्वामित्व घटेको भन्दै त्यसरी सेयरसदस्य घटाइएको तर्क विगतदेखि नै होटल व्यवस्थापनले गर्दै आएको छ ।
सरकारी जग्गा नै हडप्ने तरिकाले होटल व्यवस्थापन अगाडि सरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार होटल हायातलाई २७ र तारागाउँ विकास समितिलाई २२ प्रश्न सोधेर सम्झौता किन नतोड्ने ? भनेको हो । होटल हायात रिजेन्सी तारागाउँ रिजेन्सी होटल लिमिटेडअन्तर्गतको हो । जग्गा लिजमा लिँदा होटलले पालना गर्न तय गरिएका सर्त र बन्देज कार्यान्वयन नभएकाले जग्गाको लिज सम्झौता रद्द गरेर सरकारले वैकल्पिक उपयोगमा ल्याउनु नपर्ने वा होटललाई लिजमा किन दिइरहनुपर्ने ? भनी मन्त्रालयले प्रश्न गरेको छ । सरकारी जमिन उपयोग गरेको होटलले सरकारको सेयर खुम्च्याउँदै सम्झौता सर्तहरु उल्लंघन गर्दै जाँदा पनि कारबाही नहुनु दुःखद विषय हो । महालेखापरीक्षकको वार्षिक प्रतिवेदनले पनि सोही कुरालाई उल्लेख गरेको छ । सर्राफ समूहको आईसीटीसी समूहसँग तरागाउँ विकास समितिले हायात होटलमा एक अर्ब ५० करोड लगानी गर्ने समझदारी गरे पनि योजनाबद्ध तरिकाले बढाएर तीन अर्ब ४३ करोड पु-याइएको छ ।
घाटामा गएको बेलामा समेत कम्पनीले सञ्चालक र व्यवस्थापक ‘हायात’लाई ३८ करोड १२ लाख भुक्तानी गरेको छ । त्यसको बिल बीजक पनि छैन । हिसाबकिताबमा लेखासम्बन्धी न्यूनतम सिद्धान्त पनि पालना गरिएको छैन । अहिले होटल व्यवस्थापनले केही सरकारी अधिकारीहरुसँगको मिलेमतोमा सरकारी जग्गा हडप्ने प्रयास गरेको छ । उसले हिसाबकिताब गडबड गर्नुमा सरकारी अधिकारीहरुकै कमजोरी हो । यही तरिकाले होटल व्यवस्थापन अगाडि बढ्ने र सरकारी अधिकारीहरु चुप लागेर बस्ने हो भने सो होटलमा भएको सरकारी लगानी र जग्गा शून्यमा परिणत हुनेछ । सरकारी सम्पत्ति जोगाउन बेला अझै पनि बाँकी छ । त्यो भनेको सम्झौता रद्द गर्नु नै हो । सम्झौता रद्द गरेर सरकारले आफ्नो सम्पत्तिको संरक्षण गर्नुपर्छ ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया