विश्लेषणको नाउँमा लगानीकर्तालाई भ्रमित नपारौँ
काठमाडौं । नेपालमा एउटा उखान निकै चर्चित छ, ‘बाँडाको घरमा सबै पूजारी ।’ यो उखान र नेपालको सेयरबजारमा हुनेगरेका घटनाहरू उस्तै लाग्छ । पछिल्लो समय सेयरबजार सबैको चासोको विषय बन्ने गरेको छ । जलविद्युत् कम्पनीहरूले स्थानीयलाई सेयर जारी गर्न थालेपछि सहरदेखि गाउँ–गाउँसम्मका मानिसहरूले सेयरबजारमा लगानी गर्ने अवसर पाए । सेयर राख्न खोलिएका डिम्याट खाता नै ५६ लाख ३८ हजार सात सय ६३ पुगेको छ । बाँडाको घरमा सबै पूजारी भनेझैँ अहिले तीमध्ये धेरै लगानीकर्ताले विश्लेषकजस्तै सुझाव दिन भ्याउँछन् । लगानीकर्ताले खोलेका क्लब हाउस, सामाजिक सञ्जाल, पत्रपत्रिका वा विद्युतीय सञ्चार माध्यम जताततै दिनहुँ नयाँ–नयाँ विश्लेषण आउने गरेका छन् । जसले आम सर्वसाधारण लगानीकर्तालाई भ्रमित बनाउने गर्छ । कतिपयले यिनै माध्यमको प्रयोग गरी बजारलाई आफूअनुकूल तलमाथि गराउने चखलेख गरिरहेका हुन्छन् । यही नै पुँजी बजारका लागि सबैभन्दा ठूलो दुर्भाग्य बन्ने गरेको छ ।
तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले सेयरबजारलाई तासको घरको संज्ञा दिएका थिए । त्यो संज्ञा उनले किन दिए, त्यसको तात्पर्य के थियो, त्यो उनैले जानून् । सेयरबजार अर्थतन्त्रलाई मापन गर्नेमध्येको एउटा महत्वपूर्ण सूचक हो । त्यसैले अर्थतन्त्रका अन्य सूचकहरू प्रभावित हुँदा सेयरबजारमा असर पर्नु स्वाभाविक हो । अर्थतन्त्रका सूचकहरू सकारात्मक हुँदा र सूचीकृत कम्पनीको वित्तीय विवरण राम्रो आउँदा सेयरबजार पनि सकारात्मक हुन्छ । बजार बढ्न वा घट्नका लागि कुनै न कुनै आधार चाहिन्छ नै । यिनै आधारहरू विश्लेषण गरेर बजारमा लगानी गर्नुपर्छ । तर अहिले बजार विश्लेषणको नाउँमा अर्थतन्त्रका अन्य तथ्यहरूलाई बङ्ग्याएर सेयरबजारको घट्ने र बढ्ने क्रमसँग जोडिएको पाइन्छ । जादुको भरमा आफूले भनेजस्तै गरी बजार तलमाथि गर्नेगरी बजारको विश्लेषण हुनेगरेको छ ।
तथ्यलाई बङ्ग्याएर हचुवाको भरमा निकै नै सतहीरूपमा गरिएका विश्लेषण र हल्लाले लगानीकर्ता भ्रममा पर्नेगरेका छन् । पछिल्लो समय संस्थागत तथा व्यक्तिगतरूपमा नै सेयरबजारका केही ठूला लगानीकर्ताहरूको स्वार्थबाट प्रेरित भएर यस्तो विश्लेषण गर्ने र फाइदा लिन खोज्ने गरेको पाइन्छ । साँचो अर्थमा भन्नुपर्दा यस्तो प्रवृतिले पुँजीबजारको सुधारभन्दा धेरै लगानीकर्ताले गुमाउने अखडा बन्ने खतरा छ ।
गएको साता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको आठ महिनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम थियो । तर बजारमा राष्ट्र बैंकले ब्याजदर घटाउन निर्देशन दिँदै छ भन्ने हल्ला फैलाइयो । परिणाम सेयरबजार बढ्यो । कर्जाको ब्याजदर घटाउने कुनै नीति नै आएन । भोलिपल्ट निक्षेपको ब्याजदर घटाउने बैंकहरूको निर्णय हुँदै गर्दा नेप्से उच्च अंकले बढ्यो । त्यसपछि फेरि चार दिनसम्म नेप्से घट्यो । अहिले फेरि बैंकहरूको खराब कर्जा बढ्ने हल्ला फैलाएर बजार घटाउन खोजिँदै छ । यसरी दैनिक आउने नयाँ–नयाँ हल्लाले बजारबाट केही सीमित लगानीकर्ताले फाइदा लिइरहेका छन् । बजारलाई स्वस्थ, मर्यादित र पारर्दर्शी बनाउने हो भने सेयरबजारमा हुने यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्छ ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया