काठमाडौं । नेपाल वायु सेवा निगमले आन्तरिक उडानका लागि तीनवटा साना हवाइजहाज खरिद गर्ने प्रक्रिया अघि बढएको छ । पर्यटन मन्त्री सुदन किराँतीले निगमको प्रभाव बढाउन जहाज किन्न लागेको दाबी गरेका छन् । सुन्दा आवश्यक छ । निगमसँग साना जहाज नहुँदा आन्तरिक उडानमा निजी हवाई कम्पनीहरूले मनपरी गर्दै यात्रुलाई शोषण गरिरहेका छन् । त्यसलाई रोक्न राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल वायुसेवा निगमले बजारमा प्रभावकारी हस्तक्षेप गर्न जरुरी देखिएको छ । प्रभावकारी हस्तक्षेपका लागि हिमाल, पहाड र तराई सबैतिर सजिलै उड्ने जहाज आवश्यक छ । तर तीनवटा जहाजले मात्रै आन्तरिक उडानमा प्रभावकारी हस्तक्षेप गर्न सक्दैन, अरु आधा दर्जनजति साना विमान थपिनु आवश्यक हुन्छ ।
निगमसँग अहिले दुईवटा ट्वीनअटर चालू अवस्थामा रहेको छ । त्यसको उपस्थिति अविश्वसनीय अवस्थामा रहेको छ । जहाज नुहँदा निगमको उडान समयमा हुँदैन । निगमको जहाज समयमै गन्तव्यमा उड्छ भन्ने विश्वास यात्रुलाई छर्दै छैन् । निगमले यात्रुसँगको त्यो विश्वास गुमाइसकेको छ । त्यसलाई फर्काउनु निगमको अहिलेको आवश्यकता हो । हुन त निगमसँग एमए ६० र वाइ १२ नामका छ थान चिनियाँ जहाज पनि छन् । ती जहाज उड्दैनन् एयर पोर्टमा थन्काएर राख्दा पनि उल्टै भाडा तिर्नुपरेको छ ।
ती निर्माण अवधिकै परीक्षणकालमा रहेका चिनियाँ जहाजलाई आईकाओले उडान अनुमति दिएको छैन । ती जहाज खिलराज सरकारमा प्रचण्डको प्रतिनिधि बनेर पर्यटनमन्त्री बनेका रामकुमार श्रेष्ठले महंगो मूल्यमा किन्ने निर्णय गरेका थिए । ११ वर्ष बितिसक्दा पनि ती जहाज चलाउन सकिएको छैन । ती जहाज किन्दा भएको घोटाला अहिलेसम्म छानबिनको दायरामा समेत आउन सकेको छैन । उही राजनीतिक नेतृत्व मुलुकमा हाबी रहँदा र कमिसन भागबण्डा भएको हुँदा छानबिनको दायरामा आउन नसकेको हो । चर्को र क्रान्तिकारी नारा अघि सारेर जनतालाई त्यसै लठ्ठ पारेर आफ्नोे दुनो सोझ्याउने भ्रष्टाचारीहरूको चाल हुन्छ । जीवनभर विद्यार्थीलाई पढाएर बिताएका शिक्षक श्रेष्ठ मन्त्री बनेपछि कसरी भष्टाचारको आहालमा चर्लुम्म डुबेका थिए भन्ने कुरा त्यही एउटा घटनालाई विश्लेषण गर्दा पनि सजिलै निष्कर्ष निकाल्न सकिन्छ ।
अहिले किन्ने सुर गरिएको साना विमान किन्दा त्यस्तो घोटाला नदोहोरियोस् खुला प्रतिस्पर्धाबाट पारदर्शीरूपमा विमान खरिद गरियोस् । त्यसरी किनिने जहाज नेपालको सबै हावापानी भएको क्षेत्र तराई, पहाड र हिमाली क्षेत्रमा सहजै उडान भर्न सक्ने होस् ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया