काठमाण्डौं,चैत २६
संसारकै साझा सत्रुका रूपमा प्रकट भएर विस्तार हुँदै गइरहेको कोभिड १९ कोरोना भाइरसका विरुद्धको एउटा कवच हो क्वारेन्टाइन । कुनै ठाउँबाट आएर अर्को ठाउँमा जानुभन्दा पहिले त्यो शरीरको अवस्था कस्तो छ र त्यसमा यो कोरोनाको लक्षण छ कि छैन भन्ने परीक्षण गर्ने ठाउँ हो, क्वारेन्टाइन । यो पहिले एउटा देशबाट अर्को देशमा जाने वस्तुका सन्दर्भमा गरिन्थ्यो ।
तर, अहिले यो मान्छेका लागि र एउटा गाउँबाट अर्को गाउँमा जानका लागि पनि अवलम्बन गर्नेजस्तो भयो । यो पद्धति संसारले अपनाएको छ । त्यसकारण यो एउटा रोकथाम अथवा विस्तार हनु नदिने गतिलो उपायका रूपमा स्थापित भएको पद्धति हो । नेपालमा पनि त्यहीअनुसारका यस्ता केन्द्रहरू खडा भएर सञ्चालनमा पनि आइरहेका छन् ।
यतिबेला त यस्ता क्वारेन्टाइन नभएका प्रदेश, जिल्ला, नगर र गाउँ कतै ठाउँ नहोला । यो आवश्यकता पनि हो । यो रोगको विस्तार नै मानिसबाट मानिसमा सर्ने भएका कारण र मानिस एक ठाउँबाट अर्को ठाउँमा विचरण गरिरहने प्रकृतिको भएकाले पनि तिनलाई केही समय बाँध्ने काम गर्नुपरेको होला । यस्तो रोगको व्यापकता भएपछि अर्को ठाउँबाट यो ठाउँमा त्यस्तो रोग नआओस्, आएको रहेछ भने पनि त्यसलाई विशेषप्रकारले पहिचान गरेर सम्बन्धित व्यक्ति वा समुदायमै सीमित राख्न सकियोस् भन्नेबाट नै यस्ता संस्थाहरू खडा भएका बुझ्न सकिन्छ ।
यतिबेला मान्छेका घर होटल र त्यस्ता ठूला भवनहरू यस्ता क्वारेन्टाइनमा परिणत भइरहेका छन् । यो राम्रो पनि हो परेका बेलामा के सरकारी, के निजी र के सामुदायिक सबैले सझारूपमा सहयोग र सेवा गर्न खोजेका कुरालाई सह्रनीय नै भन्नुपर्छ । तर, प्रश्न उठ्छ यी क्वारेन्टाइन वास्तवमा नै त्यसको मर्मअनुसार चललेका होलान् ?, मापदण्ड पूरा गरेका होलान् ? कतै यिनै संस्था रोग विस्तार गर्ने कारक त बनेका छैनन् ? आदि… । यो भनेको व्यवस्थापन अभावका कारण उब्जने संकट हो जसले सुरक्षा दिइरहिएको भनिएको ठाउँमा कतै संक्रमणको जोखिम बढेको त छैन ? भन्ने प्रश्न उठ्छ ।
यो समस्या भनेको खासगरी ग्रामीण क्षेत्रमा बढिरहेको पाइयो । अहिलेको नेपालको जोखिम भनेको पश्चिमी क्षेत्रका ग्रामीण भेग हुन् । ती ठाउँमा बढी ध्यान जानपर्ने विवरणहरू आइरहेका छन् । ती क्षेत्रम क्वारेन्टाइनमा बसेर दिन बिताउन एकप्रकारले डरलाग्दो हुनेगरी मान्छेका मनमा प्रवेश गरेको अवस्था छ । हिजोअस्ती मात्रै सरकारी एक अधिकृत आफैँले खडा गरेको क्वारेन्टाइनमा आफैँ बस्नुपर्ने अवस्था आएपछि त्यहाँ बस्नुपर्छ भनेर भागेछन् ।
स्थानीय तहबाट आइरहेका रिपोर्टअनुसार पनि अहिले अधिकांस स्थानीय तहहरूले आवश्यक पूर्वतयारीविनै क्वारेन्टाइन बनाउने होडबाजी चलेपछी संक्रमणको जोखिम घटाउनको साटो बढाएको देखिन्छ । न्यूनतम मापदण्डविनै स्थापना गरिएका क्वारेन्टाइन असुरक्षित देखिएका छन् । स्थिति कतिसम्म भने क्वारेन्टाइनमा बसेका मान्छे कोही रातबिरात कसैका घरमा पुग्छन् त केही दिउँसो भोक, तिर्खा लागेको भन्दै अरुका घरमा जान्छन् । क्वारेन्टाइनको बसाइलाइ आकर्षक र न्यूनत सुविधायुक्त बनाइने हो भने मात्र वास्तवमा नै क्वारेन्टाइनको अवधारणाले मूर्तरूप पाउने देखिएको छ । सम्बन्धित पक्षको ध्यान जान आवश्यक छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- कोही जिम्मेबार नहुँदा थला परेको विकास
- लेबनानमा युद्धविराम घोषणा
- सहकारी नियमन गर्न तीन महिनाभित्र बनाउनु पर्ने निकाय गठनको काम कहाँ पुग्यो?
- डेडिकेटेड फिडर तथा ट्रंकलाइन बक्यौता रहेका उद्योग सञ्चालकहरुको घरमा प्राधिकरणको लाइन काट्ने तयारी
- वन मुद्दामा आरोपित भीआईपी व्यापारी धरौटीमा छुट्नुको रहस्य !
- बक्यौता उठाउन प्राधिकरणको नयाँ जुक्ति
- पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा
- यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया