Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयछिमेकमा भाइरस संक्रमण विस्तारको अर्थ

छिमेकमा भाइरस संक्रमण विस्तारको अर्थ


काठमाण्ठौं,चैत २८
सुरुमा छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितको संख्या नेपालमा जस्तै एक÷दुई र चार÷पाँचमा सीमित थियो । यता नेपालमा यो संख्या सौभाग्यवश सीमित नै छ । यद्यपि नेपालमा परीक्षणको संख्या पनि दुई हजार नाघेको छैन । तर, उता छिमेकमा भने हेर्दाहेर्दै यो बढेर केही दिनमा नै पाँच÷सात हजारकै हाराहारीमा आइसक्यो र प्रत्येक २४ घण्टामा हजार दुई हजारको संख्याले वृद्धि भैरहेको छ । भारतीय समाचार एजेन्सीका अनुसार पत्येक २४ घण्टामा यस्तो वृद्धिदर हजारसम्म पुगेको पाइन थालेको छ । पछिल्लो २४ घण्टामा एक हजार जना नयाँ संक्रमित थपिएका पाइयो । नेपालमा माघ ९ मा एउटा भेटिएकोमा चैतको दोस्रो हप्ता तीनवटा र तेस्रो हप्तासम्म्म नौ पुगेकोमा त्यसपछिको बितेको चार दिनदेखि यो संख्या स्थिर नै छ । नेपालका लागि विस्तारको क्रम करिब–करिब नगण्य मात्रामा हुनु यतिबेलाको सन्दर्भमा धेरै नै आत्तिनुपर्ने कुरा होइन ।

तर, छिमेकी मुलुक भारतमा यो संक्रमणको विस्तारको अर्को पक्षले नेपाललाई पनि निरत्नर घोचिरहेको मान्नुपर्छ । भारतमा गएको हप्तादेखि जुन ठाउँलाई बढीरूपले जोगाउन खोजिएको थियो, त्यो ठाउँमा यसले प्रवेश गरेको देखियो । त्यो हो एउटा सानो क्षेत्रमा दशौं लाखको बसोवास । मुम्बइको सुकुम्वासी क्षेत्रमा कोरोनाले प्रवेश पाएको र मान्छे मरिसकेका तथा संक्रमितको संख्या पनि अन्यत्रभन्दा बढी भएको पाइनुले चिन्ता बढाएको हो । भारतको यतिबेलाको सबैभन्दा ठूलो चिन्ताको विषय नै यही हो । कतिपय विद्वानहरूले यो ठाउँबाट समग्र भारतमा फैलिने सम्भावनाहरू औँल्याइरहेका छन् । यो रिपोर्ट आउँदा मुम्बईमा मात्रै मृतकको संख्या बढिरहेको थियो भने नयाँ संक्रमितको संख्या पनि युरोपजस्तै अवस्थामा पुगेको थियो । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले लगाएको तीन हप्ते लकडाउनको समयको दुई भाग सकिसकेर अर्को भागको पनि एकतिहाइ सकिँदाको अवस्थाको कुरा हो ।

भारतका लागि दिल्लीको एउटा जमघट धेरै नै डरलाग्दो भयो । मुसलमानहरूको धार्मिकस्थलमा भएको त्यो जममघटमा इण्डोनेसियालगायतका मुसलमानहरू थिए जसबाट कोरोनाको विस्तार भएको पाइयो । त्यसमा नेपाली नेपाली पनि रहेका समाचार आइरहेका छन् । केही नेपालीलाई संकमणले भेटिसकेको भन्ने पनि समाचार छ । यो ठाउँको जमघटले कस्तोसम्म गरेका पाइयो भने दिल्लीमा सयजना संक्रमित हँुदा ४० जना त्यो ठाउँका सहभागी थिए । यो सावधानी न अपनाउँदाको परिणाम थियो । रिपोर्टमा आएअनुसार नेपालमा चैत्र २२ मा नौ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भयो, जसमध्ये सुदूरपश्चिमका मात्रै चारजना रहे । तीमध्ये एक जना भारतबाट हालै नेपाल आएका पनि पर्छन् । यसको अर्थ हो अब छिमेकी मुलुकको विस्तारको प्रभाव नेपालमा पनि देखिन थालेको हो कि भन्ने आशंका प्रकट हुनु । यसको डरलाग्दो पक्ष हो, परीक्षण नै भएको छैन ।

यो क्षेत्रमा भर्खर थालिएको छ । दिल्ली जमघटबाट शिक्षा नेपाल र भारत दुवै देशले लिनुपर्ने हो खास गरी सीमा क्षेत्रमा । तर, त्यस्तो भएको पाइएन जो दुःखद नै भन्नुपर्छ । सुस्त तयारी, जनशक्ति र स्वास्थ्य सामग्रीको अभावका कारण सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा रहेको अवस्थामा सीमाक्षेत्रमा हजारौँको संख्या असुरक्षित अवस्थामा छ । उताका उतै र यताका यतै राख्ने भनिएकोमा उताबाट आउनेहरूको संख्या ठूलो भएको र उनीहरूले आधारभूत सेवा पनि नपाएको भनी त्यहाँबाट भागिरहेका अवस्था छ । विवरणमा आएअनुसार ७० भन्दा माथिको संख्या त महाकालीमा हेलिएर नै नेपाल आएका बताइएको छ उताको बसोवास सामान्य प्रकारको पनि नभएको भन्ने कारणबाट । यसमा नेपाल सरकारले पनि हेरचाह गर्नुपर्नेमा त्यस्तो गरेको पाइएन ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x