Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतीय सेयरबजारमा नयाँ उचाइ

भारतीय सेयरबजारमा नयाँ उचाइ


भारत । बुधबार भारतीय सेयरबजारले नयाँ कीर्तिमानी उचाइ कायम गरेको छ । बेन्चमार्क ‘निफ्टी ५०’ सूचक पहिलो पटक १९ हजार ११ विन्दुमा पुगेको छ । तर, बजार बन्द हुँदा ‘निफ्टी ५०’ १८ हजार नौ सय ७२ विन्दुमा कायम भएको छ । सेन्सेक्स पनि ६३ हजार नौ सय १५ कीर्तिमानी विन्दुमा उक्लिएको छ । बुधबार सेन्सेक्स चार सय ९९ अंकले बढेको छ ।

विदेशी संस्थागत लगानीकर्ताले लगानी बढाउँदै गएपछि भारतीय सेयरबजारले नयाँ उचाइ बनाउँदै गएको छ । मंगलबार एकै दिन विदेशी लगानीकर्ताले भारतको सेयर बजारबाट २० अर्ब २४ करोड रूपैयाँकाको सेयर किनेका थिए । यसैको प्रभावले बुधबार पनि बजार बढेको विश्लेषण गरिएकोे छ । बुधबार सेन्सेक्समा टाटा मोटर्स, टाइटान, इन्दुइन्ड बैंक, बजाज फाइनान्स, रिलायन्स, एसबीआई सबैभन्दा धेरै बढेका छन् । तर विप्रो, कोटाक र महिन्द्रा बैंकलगायतले सबैभन्दा धेरै गुमाएका छन् ।

यस्तै, भारतीय बैंकहरूको खराब कर्जा १० वर्षयताकै न्यून विन्दुमा झरेको खबरले पनि बजारलाई उत्साहित बनाएको सेयरबजारका लगानीकर्ताले बताएका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया