Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा औद्योगिक क्षेत्रको नाफा घट्यो

चीनमा औद्योगिक क्षेत्रको नाफा घट्यो


चीन । मे महिनामा चीनको औद्योगिक क्षेत्रको नाफा घटेको छ । बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्यांकअनुसार मे महिनामा चीनका प्रमुख औद्योगिक फर्महरूको नाफा घटेको छ । विश्लेषकहरूले मागलाई उत्प्रेरित गर्न थप समर्थनको लागि आग्रह गरेका छन् ।

राष्ट्रिय तथ्यांक ब्युरोले सार्वजनिक गरेको तथ्यांकमा ठूला औद्योगिक फर्महरूको संयुक्त नाफा मे महिनामा छ सय ३५ दशमलव आठ बिलियन युआन अर्थात् ८८ दशमलव सात बिलियन अमेरिकी डलर पुगेको छ । जुन गतवर्षको सोही अवधिको तुलनामा १२ दशमलव छ प्रतिशतले घटेको छ । गत अप्रिलमा भन्दा नाफामा केही सुधार भने देखिएको छ ।

चाइना मिन्सेङ बैंकका प्रमुख अर्थशास्त्री वेन बिनका अनुसार मे महिनामा अपेक्षा गरिएभन्दा केही कम राम्रोे प्रदर्शन भएकोे छ । यद्यपि, उनले अपर्याप्त माग र कमजोर उत्पादक मूल्य सूचकांकको कारण अझै पनि दबाब रहेको चेतावनी दिएका छन् ।

तथ्यांकअनुसार सन् २०२३को पहिलो पाँच महिनामा चिनियाँ औद्योगिक फर्महरूको नाफा गतवर्षको तुलनामा १८ दशमलव ८ प्रतिशतले घटेको छ । अर्थशास्त्री वेनले औद्योगिक मुनाफाको गिरावट अझै केही समय जारी रहने भविश्यवाणी गरेका छन् ।

राष्ट्रिय तथ्यांक ब्युरोका तथ्यांकविद् सन सियाओले जतिल र चुनौतीपूर्ण बाह्य वातावरणका साथै अपर्याप्त आन्तरिक मागका कारण औद्योगिक फर्महरूको रिकभरी अझै कमजोर रहेकोे चेतावनी दिएका छन् । सियाओले नाफाको वृद्धिलाई बढवा दिन र औद्योगिक अर्थतन्त्रको रिकभरीलाई समर्थन गर्न सबैलाई प्रयास गर्न आह्वान गरेका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया