जर्मनीको मुद्रास्फीति अपेक्षाभन्दा धेरैले बढ्यो
जर्मनी । जर्मन मुद्रास्फीति जुनमा अपेक्षितभन्दा धेरै बढ्ने देखिएको छ । जर्मनीको तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकले बिहीबार उपभोक्ता मूल्यहरू जुन महिनामा छ दशमलव आठ प्रतिशतले बढेको छ । विश्लेषकहरूले छ दशमलव सात प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेका थिए ।
युरोपमा स्पेनको मुद्रास्फीतिमा एक दशमलव छ प्रतिशत र इटालीमा छ दशमलव सात प्रतिशतले गिरावट आएको छ । अर्थशास्त्रीहरूले युरो क्षेत्रको मुद्रास्फीति मे महिनामा रहेको छ दशमलव एक प्रतिशतबाट जुनमा पाँच दशमलव छ प्रतिशतमा झर्ने अनुमान गरेका छन् । अर्थशास्त्री राल्फ सेल्भिनले जर्मनीमा जुनको तथ्यांकले मुद्रास्फीति दरमा तल झर्ने प्रवृत्तिलाई मात्र रोक्ने बताएका छन् ।
जर्मनी सरकारले बढ्दो ऊर्जाको मूल्यलाई रोक्न गतवर्षको जुनमा इन्धनमा कर कटौती गरेको थियो । जर्मनीको कोर मुद्रास्फीति दर, जसले खाद्य र ऊर्जाजस्ता अस्थिर वस्तुहरू समावेश गर्दैन । जुन महिनामा पाँच दशमलव आठ प्रतिशतमा हुने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- बदलिँदै दुर्गमको परिचय
- चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
- सेती नदीको पुल निर्माण: २८ प्रतिशत भौतिक प्रगति
- चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
- आज पनि सुनको मूल्य घट्यो
- मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापीमा छुट
- गरिमा रोड रेस कम्पिटिसन सम्पन्न
- भुक्तानी प्रदायक कम्पनीलाई कर्मचारीबाट खतरा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया