एप्पलको बजार पुँजीकरण ३० खर्ब डलर नाघ्यो
अमेरिका । आइफोन निर्माता कम्पनी एप्पलको बजार पुँजीकरण थ्री ट्रिलियन (३० खर्ब) अमेरिकी डलरभन्दा माथि पुगेको छ । शुक्रबार आइफोनको सेयरमूल्य प्रतिकित्ता दुई दशमलव तीन प्रतिशतले बढेर एक सय ९३ डलर ९७ सेन्ट कायम भएको छ । यससँगै कारोबार बन्द हुँदा एप्पलको बजार पुँजीकरण ३० खर्ब पाँच अर्ब डलर पुगेको हो । यो वर्ष मात्रै एप्पलको बजार पुँजीकरण नौ सय ८३ बिलियनभन्दा बढीले बढेको छ ।
यससँगै एप्पल ३० खर्ब डलरभन्दा धेरै बजार पुँजीकरण पुग्ने विश्वकै पहिलो कम्पनी बनेको छ । आइफोन र ल्यापटम उत्पादन गरी बिक्री गर्दै आएको एप्पलको सेयरको माग उच्च छ । यो वर्षको छ महिनामा एप्पलको सेयरमूल्य करिब ५० प्रतिशतले बढेको छ । सन् २०२८को अगष्टमा एप्पलको बजार पुँजीकरण १० खर्ब डलर कायम भएको थियो ।
यो वर्ष सुरु भएयता एप्पलको सेयर मूल्य लगभग ५० प्रतिशतले बढेको छ । शुक्रबार न्यूयोर्क स्टक एक्सचेञ्जमा अन्य हाईटेक कम्पनीको सेयर मूल्य पनि बढेको थियो । सन् २०१८ को अगष्टमा एप्पलको बजार पुँजीकरणले पहिलो पटक १० खर्ब डलर पार गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया