एसियाको औद्योगिक उत्पादनमा गिरावट
जापान । एसिया क्षेत्रको औद्योगिक उत्पादनमा कमी आएको छ । सोमबार सार्वजनिक भएका विभिन्न देशका व्यापार सर्वेक्षणहरुले चीनसहित उन्नत देशहरुमा माग पक्ष सुस्ताएपछि जुन महिनामा कारखाना उत्पादनमा कमी आएको उल्लेख गरेका छन् । चीनले उत्पादन गतिविधि केही हदसम्म बढाउने कोसिस गरे पनि चीनसहित एसियाका अन्य मुलुक खासगरी जापान र दक्षिण कोरियाको कारखाना गतिविधिमा संकुचन आएको छ ।
सर्वेक्षणमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट छुटकारा मिले पनि अमेरिकामा र युरोपमा ब्याजदरमा भएको आक्रामक वृद्धिले असर पारेको उल्लेख छ । दाई–इची लाइफ रिसर्च इन्स्टिच्युटका प्रमुखबजार अर्थशास्त्री तोरु निशिहामाले भने ‘एसियाली कारखानाहरुका लागि सबैभन्दा खराब समय बितिसकेको छ तर चीनको अर्थतन्त्रमा बलियो रिकभरीको लागि अझै कम सम्भावना भएका कारण आर्थिक गतिविधिले गति लिन सकेको छैन ।’
चीनको एसएन्डपी ग्लोबल म्यानुफ्याक्चरिङ पर्चेजिङ म्यानेजर इन्डेक्स (पीएमआई) जुन महिनामा ५० दशमलव नौ विन्दुबाट ५० दशमलव पाँच विन्दुमा झरेको छ । यो तथ्यांकले कारखाना गतिविधि घट्दै गएको देखाउने अर्थशास्त्रीहरु बताउँछन् । विश्वको दोस्रो अर्थव्यवस्था भएको मुलुक चीनको औद्योगिक गतिविधिमा ह्रास आउँदा विश्व बजार प्रभावित हुन्छ । जापानमा यसको प्रभाव महसुस भइसकेको अर्थशास्त्रीहरुले बताएका छन् । जापानमा सात महिनापछि पीएमआई सूचक ४९ दशमलव ८ विन्दुमा झरेको छ । पीएमआई सर्वेक्षणले विदेशी अर्डरहरु चार महिनायता घट्दै गएको देखाएको छ ।
मे महिनामा ५८ दशमलव चार विन्दुमा रहेको दक्षिण कोरियाको पीएमआई जुन महिनामा ४७ दशमलव आठ विन्दुमा झरेको छ । एसिया र युरोपमा कमजोर मागको कारण उत्पादन गतिविधिमा गिरावट आइरहेको त्यहाँको सर्वेक्षणले देखाएको छ । ताइवान, भियतनाम र मलेसियामा पनि कारखाना गतिविधि संकुचित भएको पीएमआई सर्वेक्षणले देखाएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया