Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी अर्थमन्त्रीले चीन भ्रमण गर्दै

अमेरिकी अर्थमन्त्रीले चीन भ्रमण गर्दै


चीन । अमेरिकी अर्थमन्त्री जेनेट येलेनले चीनको भ्रमण गर्ने भएकी छिन् । विश्वका दुई ठूला अर्थतन्त्र भएका राष्ट्रबीचको सम्बन्धमा देखिँदै आएको तनाव कम गर्न अमेरिकी अर्थमन्त्री येलेनले जुलाई ६ देखि ९ सम्म चीनको भ्रमण गर्न लागेको बताइएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनको भ्रमण गरेको केही दिनपछि अर्थमन्त्री येलेनले पनि भ्रमण गर्न लागेकी हुन् । ब्लिन्केनले गत जुनमा चीनकाके भ्रमण गरेका थिए । अमेरिकी अर्थ मन्त्रालयले विज्ञप्ति जारी गरेर येलेनले दुई देशबीचको सम्बन्धलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न र विश्वव्यापी चुनौतीहरुको समाना गर्ने सम्बन्धमा आफ्ना समकक्षीहरुसँग महत्वपूर्ण छलफल गर्ने बताएको छ ।

गतमहिना विदेशमत्री ब्लिन्केनले बेइजिङमा चीनका शीर्ष नेता सी चिनपिङ र विदेशमन्त्री किन गाङसँग भेटवार्ता गरेका थिए । सो क्रममा राष्ट्रपति सीले वासिङ्टन र बेइजिङबीचको तावनपूर्ण सम्बन्ध हटाउन थप छलफल आवश्यक भएको बताएका थिए । बेइजिङ भ्रमणमा येलेनले चीनसँगको आर्थिक सम्बन्धलाई अमेरिकाले कसरी हेर्छ भन्ने विषयमा छलफल गर्ने बताइएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया