Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारफेसबुकको माउ कम्पनी मेटाले ट्विटरको विकल्प सुरु गर्ने

फेसबुकको माउ कम्पनी मेटाले ट्विटरको विकल्प सुरु गर्ने


अमेरिका । फेसबुकको माउ कम्पनी मेटाले ट्विटरको विकल्प दिने भएको छ । मेटाले ‘थ्रेड्स’ भनिने नयाँ एप आगामी बिहीबार सुरु हुने बताएकोे छ । एलोन मस्कको स्वामित्वमा रहेको ट्विटरका प्रयोगकर्ताहरूले विकल्पको रूपमा ‘थ्रेड्स’ प्रयोग गर्न सक्नेछन् ।

थ्रेड्स एप इन्स्टाग्रामसँग जोडिएको छ । जुन बिहीबार लन्च हुनुअघि मंगलबार एप्पल एप स्टोरमा देखा परेको छ । एपको सबै काम पूरा भइसकेकाले प्रि–अर्डरका लागि एप स्टोरमा उपलब्ध रहेको बताइएको छ । मेटाले रिलिजको लागि काउन्टडाउन वेबसाइट सुरु गरेको छ ।

अमेरिकी खर्बपति एलोन मस्कले ट्विटर किनेयता धेरै प्रयोगकर्ता तान्न नसकेको देखेर जुकरबर्गले यो एप ल्याउन लागेका हुन् । थ्रेड्स एपले ट्विटरमा देखा परेका धेरै समस्याहरू समाधान गरेर प्रयोगकर्तालाई तान्न सक्ने मेटाले जनाएको छ ।

यस्तै, भर्खरै भइरहेका र ट्रेन्डिङ विषयहरूमा चर्चा परिचर्चा गर्नसक्ने बताइएको छ । ट्विटरजस्ता अन्य धेरै एपहरू खुलेका छन् । तर, हेर्दा ट्विटरजस्तै देखिने र ट्विटरमा जस्तै पोस्ट तथा विचार व्यक्त गर्न सकिने व्यवस्था गरिएको छ । यहीकारण ‘थ्रेड्स’लाई ट्विटरको लागि अहिलेसम्मकै ठूलो प्रतिस्पर्धीका रूपमा हेरिएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया