Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेलायतको मुद्रास्फीति अझै बढ्ने संकेत

बेलायतको मुद्रास्फीति अझै बढ्ने संकेत


बेलायत । आर्थिक सहयोग र विकास संगठनको तथ्यांकअनुसार सात धनी राष्ट्रहरू (जी सेभेन)को समूहमा बेलायत एकमात्र देश हो जहाँको मुद्रास्फीति अझै उच्च छ । मंगलबार सार्वजनिक एक प्रतिवेदनले जी–सेभेन मुलुकहरूमा वार्षिक मुद्रास्फीति गत मे महिनामा चार दशमलव छ प्रतिशतमा झरेको छ । जुन अप्रिलमा पाँच दशमलव चार प्रतिशत थियो । यो मुद्रास्फीति दर सन २०२१ पछिको सबैभन्दा न्यून स्तरमा छ । अमेरिका, प्रान्स, जर्मनी, इटाली र जापानमा मे महिनामा मुद्रास्फीति घट्दो क्रममा देखिएको हो । तर, बेलायतमा फरक स्थिति देखापरेको छ ।

बेलायतको उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा मे महिनामा सात दशमलव नौ प्रतिशत पुगेको छ । आर्थिक सहयोग र विकास संगठनका अनुसार अप्रिलमा बेलायतको उपभोक्ता मूल्य स्थिति सात दशमलव आठ प्रतिशत थियो ।

मुद्रास्फीति उच्च भए पनि प्रमुख बैंकहरूले ब्याजदर वृद्धि अन्त्य गर्ने सोच बनाएपछि बेलायतको मुद्रास्फीतिमा थप दबाब पर्ने विश्लेषण गरिएको छ । गत महिना, बैंक अफ इंगल्यान्डले ब्याजदर ५० आधार विन्दुले बढाएर पाँच प्रतिशत पु¥याएको थियो । यो लगातार १३औँ पटकको वृद्धि थियो ।

उपभोक्ता मूल्य सूचकांकद्वारा मापन गरिएको वार्षिक मुद्रास्फीति मे महिनामा घटेर छ दशमलव पाँच प्रतिशतमा झरेको छ । जुन अप्रिलमा सात दशमलव चार प्रतिशत थियो । तरपनि बेलायतको मुद्रास्फीति सात धनी राष्ट्रको भन्दा उच्च नै छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया