आसियान उदीयमान उद्योगहरूमा सम्बन्ध विस्तार गर्न चीन इच्छुक
चीन । चीनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूसँग उदीयमान उद्योगहरूमा सहयोगको पहल सुरु गरेको छ । चीनको सेन्जेनमा आयोजित चीन–आसियान फोरम ‘उदीयमान उद्योगहरूमा सहयोगको पहल (सेन्जेन पहल)’ नामक कार्यक्रममा यस्तो प्रस्ताव गरेको हो ।
यस किसिमको पहलले चीन र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संघ (आसियान)बीच थप समानुमातिक, समावेशी र रचनात्मक आपूर्ति श्रृंखला साझेदारी निर्माण गर्ने र पारस्परिक लाभदायक सहयोगलाई बढवा दिने बताइएको छ ।
सो मञ्चमा चीनका उद्योग तथा सूचना प्रविधि मन्त्री जिन जुआङलोङले चीन नयाँ विद्युतीय सवारीसाधन, डिजिटल अर्थतन्त्र र ऊर्जासँग सम्बन्धित इलोक्ट्रोनिक्सजस्ता उदीयमान उद्योगहरूमा केन्द्रित हुने सहयोग योजनाहरू कार्यान्वयन गर्न र उदीयमान उद्योगहरूका लागि सहयोगात्मक विकास मोडेल निर्माण गर्न इच्छुक रहेको बताएका हुन् ।
यसमा चीनले सहयोगका तीनवटा प्रमुख पक्षहरू प्रस्तुत गरेको छ । जसमा नवप्रवर्तनको क्षेत्रीय इकोसिस्टमको निर्माण, उदीयमान उद्योगहरूमा सहयोगलाई प्रोत्साहन गर्ने र औद्योगिक क्षेत्रमा चीन–आसियान मन्त्रीस्तरीय संवाद स्थापना गर्ने विषय समावेश गरेकोे छ । यस्तै, सरकारी निकायहरू, उद्यमहरू, शिक्षाविद्हरू, चेम्बर अफ कमर्स र संघहरूको सहकार्यलाई आह्वान गर्ने बताइएको छ । यसले चीन र दक्षिणपूर्वी देशहरूले डिजिटल अर्थतन्त्र, विद्युतीय सावारीसाधन, ऊर्जासँग सम्बन्धित इलेक्ट्रोनिक्स र अन्य उदीयमान उद्योगहरूमा सहयोग खोज्ने प्रस्ताव गरेको छ । यो प्रस्तावमा डिजिटल प्लेटफर्महरू विकास गर्ने, स्वच्छ ऊर्जा संक्रमणलाई प्रवद्र्धन गर्ने र उद्योगहरूमा सहयोगका लागि औद्योगिक पार्कहरू निर्माण गर्ने विषय समावेश गरिएको छ ।
यो पहलले आसियान सदस्य राष्ट्रहरूमा औद्योगिक, शैक्षिक र अनुसन्धान समुदायहरूलाई ग्लोबल डेभलपमेन्ट इनिसिएटिभअन्तर्गत नयाँ औद्योगिक साझेदारीको नेटवर्कमा समावेस गर्न प्रोत्साहन गर्ने बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया