मेटाले थ्रेड्स निर्माण गर्न व्यापार गोपनीयता चोरेको ट्विटरको दाबी
अमेरिका । सामाजिक सञ्जाल कम्पनी ट्विटरले फेसबुकको माउ कम्पनी मेटाले आफ्नो व्यापार गोपनीयता (ट्रेड सेक्रेटहरू) चोरेको दाबी गरेको छ । यसविरुद्ध ट्विटरले कानुनी लडाइँ लड्ने चेतावनी दिएको छ । मेटाले भर्खरै ल्याएको ‘थ्रेड्स’ एपमा आफ्नो केही व्यापार गोपनीयता चोरेको आरोप ट्विटरको छ ।
ट्विटरले बुधबार मेटालाई एक पत्र पठाएर थ्रेड्स विकास गर्न आफ्नो व्यापार गोपनीयता प्रयोग गरेको र यो तत्काल बन्द गर्न चेतावनी दिएकोे छ । ट्विटरले थप दाबी गरेको छ कि मेटाले धेरै ट्विटरका पूर्वकर्मचारीहरू नियुक्त गरेको थियो । जसले अनुचितरूपमा ट्विटरका केही उपकरणहरू र कागजातहरू राखेका थिए । मेटाले यो जानाजानी ती व्यक्तिहरूलाई थ्रेड्समा काम गर्न दिएको ट्विटरको आरोप छ ।
ट्विटरको पत्रको जवाफ दिँदै मेटाका प्रवक्ता एन्डी स्टोनले बिहीबार थ्रेड्स प्लेटफर्ममा संलग्न इन्जिनियरिङ टोलीका कुनै पनि सदस्य पहिले ट्विटरको लागि काम नगरेको बताएका छन् ।
कानुनविद्हरूले ट्विटरको व्यापार गोपनीयता चोरी गरेकोबारे प्रमाणित गर्न गाह्रो हुने दाबी गरेका छन् । ट्विटरले मेटालाई पठाएको पत्रबारे खबरहरू छापिएपछि ट्विटरका मालिक एलोन मस्कले ‘प्रतिस्पर्धा ठीकै छ, तर जोरी होइन’, भन्दै ट्विट गरेका थिए ।
मस्कले गतवर्ष ४४ अर्ब डलरमा ट्विटर किनेयता कम्पनीले चर्को प्रतिस्पर्धाको सामना गरिरहेको छ । ट्विटरजस्ता धेरै सामाजिक सञ्जाल आइसकेका छन् । तर, ट्विटरले अहिलेसम्म कसैलाई पनि मुद्दा हालेको छैन । मेटाले थ्रेड्स एप सार्वजनिक गरेको २४ घण्टाभित्रै तीन करोडभन्दा धेरै साइनअप गरेको जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया