अर्थतन्त्रबारे राय लिन चीनमा आर्थिक गोष्ठी
चीन । चिनियाँ प्रधानमन्त्री ली छ्याङले देशको अर्थतन्त्रको बारेमा राय लिन आर्थिक गोष्ठी गरेका छन् । अर्थतन्त्रबारे विज्ञ र विद्वानहरुको राय लिन गोष्ठी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएकोे छ । उक्त बैठकमा उपप्रधानमन्त्री डिङ सुएङले पनि भाग लिएका थिए ।
गोष्ठीमा प्रधानमन्त्री लीले विज्ञहरुको राय सुनेपछि वर्षको सुरुदेखि नै चिनियाँ अर्थतन्त्रमा पुनरुत्थान र सुधारको प्रवृति देखिएको बताए । दीर्घकालीन वृद्धिका लागि चीनको ठोस आर्थिक आधारहरु अपरिवर्तित रहने कुरामा जोड दिँदै प्रधानमन्त्रीले रणनीतिक सन्तुलन कायम राख्दै दिगो विकासको प्रवद्र्धृन गर्ने बेला आएको बताए ।
आर्थिक वृद्धिलाई स्थिर गर्न, रोजगारी सुनिश्चित गर्न र जोखिमबाट जोगाउन लक्षित र समन्वयात्मक नीतिगत उपायहरु समयमै ल्याएर कार्यान्वयन गर्नुपर्ने बताए । कार्यक्रममा विज्ञहरुले चीनको आर्थिक विकासका लागि थप नीतिगत सुधार गर्दै जानुपर्नेमा जोड दिएका थिए । कोभिडको प्रभाव अझै पनि उद्योग र कारखानामा कायमै रहेको भन्दै त्यसको समाधानका लागि काम गर्न सुझाव दिए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया