Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानले विदेशी लगानीकर्तालाई सबै नाफा लैजान दिने

पाकिस्तानले विदेशी लगानीकर्तालाई सबै नाफा लैजान दिने


पाकिस्तान । आर्थिक संकटबाट उन्मुक्ति पाउन पाकिस्तानले वैदेशिक लगानी नीति परिवर्तन गरेको छ । पाकिस्तानको मन्त्रिपरिषद्ले ‘पाकिस्तान लगानी नीति २०२३’ पारित गरी विदेशी लगानीकर्तालाई सम्पूर्ण नाफा आफ्नो देश फिर्ता लैजाने व्यवस्था गरेको हो ।

पाकिस्तानले विश्व बैंक, इन्टरनेसनल फाइनान्स कर्पोरेसनलगायतका संस्थासँग परामर्श गरेर यस्तो नीति लिएको जनाइएको छ । नयाँ नीति आएपछि २० देखि २५ अर्ब अमेरिकी डलरबराबरको विदेशी लगानी भित्रिने लक्ष्य पाकिस्तान सरकारको छ । नयाँ नीतिअन्तर्गत विदेशी लगानीकर्ताले आफ्नै देशको मुद्रामा सबै नाफा फिर्ता लैजान पाउनेछन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया