फक्सकनले भारतबाट आफ्नो लगानी फिर्ता लैजाँदै
ताइवान । ताइवानको विश्वप्रसिद्ध चिप्स उत्पादन गर्ने कम्पनी फक्सकनले भारतमा गर्न लागेको लगानी फिर्ता लैजाने भएको छ । फक्सकनले सोमबार सेमीकन्डक्टर जोइन्ट भेन्चरमा भारतमा वेदान्त समूहसँग लगानी गर्न लागेको साढे १९ बिलियन अमेरिकी डलर फिर्ता लगेको बताएको हो । फक्सकनको यो निर्णयले भारतमा चिप उत्पादन बढाउने प्रधानमन्त्री नरेन्द्र मोदीको योजनामा झट्का लागेको छ ।
विश्वको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स चिप्स निर्माता कम्पनी फक्सकन र भारतको वेदान्त समूहबीच गतवर्ष संयुक्त लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो । फक्सकनले वेदान्तसँगको संयुक्त उद्यम अगाडि नबढ्ने निर्णयका पछाडि कुनै कारण सार्वजनिक गरेको छैन । फक्सकनले भारतमा वेदान्तसँग काम गर्न एक वर्षभन्दा बढी समय खर्चेको जनाएको छ । तर, उनीहरूले आपसीरूपमा संयुक्त लगानी अन्त्य गर्ने निर्णय गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले इलेक्ट्रोनिक्स उत्पादनमा ‘नयाँँ युग’को खोजी र आर्थिक रणनीतिको लागि चिप निर्माणलाई उच्च प्राथमिकतामा राख्दै आएका छन् । तर, फक्सकनको यो कदमले भारतमा चिप्स उत्पादन गर्ने पहिलो प्रयासलाई प्रहार गरेको बताइएको छ । ताइवानको फक्सकन आईफोन र अन्य एप्पल इन्कका उत्पादनका लागि चिप्स निर्माण गर्ने विश्वप्रसिद्ध कम्पनी हो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया