Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्वका दुई दर्जन केन्द्रीय बैंकले डिजिटल मुद्रा ल्याउँदै

विश्वका दुई दर्जन केन्द्रीय बैंकले डिजिटल मुद्रा ल्याउँदै


स्वीट्जरल्यान्ड । केन्द्रीय बैंकहरूको पनि बैंक भनेर चिनिने ‘बैंक फर इन्टरनेसनल सेटलमेन्ट (बीआईएस)’ले एक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०३० भित्र विश्वका दुई दर्जन केन्द्रीय बैंकहरूले डिजिटल मुद्रा चलनचल्तीमा ल्याउने बताएको छ ।

विश्वका उदीयमान र विकसित अर्थतन्त्रका दुई दर्जनभन्दा बढी केन्द्रीय बैंकहरूले यसको तयारी गरिरहेका छन् । र सन् २०३० भित्र २४ देशका केन्द्रीय बैंकहरूले डिजिटल मुद्रा ल्याउने बीआईएसको सर्वेक्षणले देखाएको हो ।

अहिले विश्वका धेरै केन्द्रीय बैंकहरूले ‘सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी)’ ल्याउनका लागि अनुसन्धान गरिरहेका छन् ।

अहिले विश्वमा विभिन्न क्रिप्टोकरेन्सीको प्रयोग बढ्दै गएपछि केन्द्रीय बैंकहरू पनि डिजिटल करेन्सी ल्याउन दबाबमा छन् । केन्द्रीय बैंकहरूले खुद्रा कारोबारमा डिजिटल भुक्तानीको प्रयोग बढिरहेको बेला निजी क्रिप्टोकरेन्सीहरूले चुनौती दिएपछि केन्द्रीय बैंकहरू आफैँ डिजिटल मुद्रा ल्याउने तयारीमा लागेका हुन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया